लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?

 विक्रम संवत् २०७६ फागुन १ गते ।
– समझदारीपत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन अनन्तराज घिमिरेले हस्ताक्षर गर्नुभएको ।
– चालु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिसक्ने समझदारीपत्रमा उल्लेख गरिएको ।

२. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?
 विसं २०७६ माघ २९ गते गते ।
– श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवम् स्थानीय तहले छलफल गर्न सक्ने ।
– भिडियो कन्फ्रेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।

३. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
 विसं २०७६ माघ २४–२६
– प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव आयोजना गरिएको ।
– सो महोत्सवमा बुद्ध धर्म÷दर्शनसम्बन्धमा विभिन्न १६ विद्वान्बाट कार्यपत्र प्रस्तुत गरिएको ।

४. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
 सिमसार र जैविक विविधता ।

५. सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ?
 ९.६ प्रतिशत ।
– विसं २०७६ माघ २९ मा चालु आव को अर्धवार्षिक समीक्षा कार्यक्रममा संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ अर्थात् कुल विनियोजित बजेटको ९०.४ प्रतिशत कायम गरिएको ।
– यसअघि सरकारले चालु आव को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँ प्रस्तुत गरेको ।
– सरकारद्वारा बजेटको आकार घटाइए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने पहिलेकै (८.५ प्रशितत) कायम गरिएको ।
– सरकारले राजस्वको लक्ष्य संशोधन गर्दै यस वर्ष ८ खर्ब ८८ अर्ब (पहिले ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख) राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरेको ।
– बजेटको आकारसँगै चालु, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको ।

६. विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरेको विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?
 खेलकुद पत्रकार प्रज्ज्वल ओली ।

७. एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ?
 प्रधानमन्त्री केपी शर्मा ओली (विसं २०७६ माघ २४) ।

८. जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ?
 नारायणप्रसाद अर्जेल (जापानका लागि नेपाली पूर्वराजदूत), विसं २०७६ माघ ।

९. विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरेको छ ?
 कोभिड–१९, सन् २०२० फेब्रुअरी ११ ।

१०. विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?
 ठाकुर ज्ञवाली ।
प्युठानको झिम्रुकमा जन्मेका महानिरीक्षक ज्ञवाली २०४६ असार १५ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गर्नुभएको ।

११. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?
 विसं २०७६ फागुन २ ।
– सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँको लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने ।
– त्यस्तै, सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीण क्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।

१२. नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ?
 आछामकी पत्रकार मेनुका ढुङ्गाना र बाजुराका पत्रकार प्रकाश सिंह (संयुक्त रूपमा), पुरस्कार राशि ः एक हजार अमेरिकी डलर ।
– त्यस्तै, एक हजार डलर राशिको इन्जा स्रष्टा सम्मान चूडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको ।

१३. कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ?
 विसं २०८५ ।

१४. सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?
 विसं २०७६–२०८५ ।

१५. ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
 सन् २०१८ जनवरी २६ ।
– साइबर अपराधीसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) द्वारा यस संस्थाको स्थापना गरिएको ।

१६. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ?
 बाटुलेचौर, कास्की ।

१७. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरेका व्यक्तिको बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ?
 झन्डै चार गुणा ।

१८. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?
 विसं १९५१ (वीरशमशेको पालामा) ।

१९. भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रेल सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७५ चैत ।
(कोलकाता बन्दरगाहदेखि चैत ४ मा हिडेको विद्युत् कार्गो चैत ५ गते विराटनगर भन्सार कार्यालय नजिकको भारतीय रेल्वे स्टेसनसम्म आइपुगेको । वीरगन्ज भन्सारका लागि एक महिना अगाडि (फागुन ४) देखि सुरु भएको ट्रान्सिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिष्टम विराटनगर भन्सारबाट पनि सुरु भएको ।)

२०. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
 पाँचवर्षे (विसं २०७५ चैत) ।
(रणनीतिले सङ्घीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका तथ्याङ्कीय इकाइ र गर्नुपर्ने काम निश्चित गर्नेछ । रणनीति कार्यान्वयन अवधिमा केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत गरिनेछ ।)

२१. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
 सन् २०१६ सेप्टेम्बर १९ ।

२२. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
 पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन ।

२३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
 विसं २००२ असोज १ ।
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि पहिलोपटक १ सय, १० र ५ दरका कागजी नोट जारी गरिएको थियो ।

प्रस्तुतकर्ता : टङ्क केसी





error: Content is protected !!