यातायात साधनको ठक्करबाट हैनाको मृत्यु


जाजरकोट ः भेरी नगरपालिका ११ कुदुमा यातायातका साधनको ठक्करबाट जंगली हैना मृत्यु भएको छ । आज विहान हैनालाई यातायातको साधनले ठक्कर दिएर सडकमा मृत्यु भएपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । स्थानीयले खवर गरेलगत्तै प्रहरीले डिभिजन वन कार्यालय जानकारी गराएपछि डिभिजन प्रमुख महेश कुमाईको टोलीले डिभिजन वनमा ल्याएर पोष्ट माटम गरिएको छ ।





error: Content is protected !!