पृथ्वीका एक तिहाइ मानिसमा पोषण तत्व पर्याप्त छैन

बीबीसी । विश्वका एक तिहाइ मानिसहरुमा ‘भिटमिन डी’ को मात्रा अत्यन्तै कम रहेको नेस्नल डायट एण्ड न्युट्रिसन सर्वेले देखाएको छ । यसमा ११ देखि १८ वर्षकाहरुमा ३७ प्रतिशतमा सो पोषण तत्व अपर्याप्त हुने गरेको पाइएको हो ।

भिटमिन डीले हाम्रो मांसपेसी, हड्डी र दाँतलाई स्वस्थ राख्ने हुनाले पनि यसलाई पर्याप्त मात्रामा लिन अति आवश्यक मानिएको छ ।

सूर्यको किरण हामीमा परेपछि हाम्रो शरीरले आफैँ भिटमिन डी बनाउन सक्ने हुनाले पनि यसलाई सूर्यबाट प्राप्त गरिने भिटमिन भनेर चिनिन्छ । तर अधिकांश मानिसहरले यसको समयमै यसको महत्व नबुझ्दा स्वास्थ्य सम्बन्धी गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । एकदम थोरै खानेकुरामा अत्यन्तै कम मात्रामा पाइने हुनाले पनि अधिकांशमा भिटमिन डीको कमी हुने गरेको हो । यस्तोमा डाक्टरहरुले दिनहुँ सूर्यबाट १० मिलिग्रामसम्म भिटमिन डी लिनैपर्ने सुझाव दिँदै आएका छन् । विशेषगरी गर्मीयाममा मानिसहरु घामबाट बच्न बाहिर निस्कन मन गर्दैनन् । यस्तोमा खानेकुराबाट मात्र पर्याप्त भिटमिन डि नपाइने हुँदा शरीरमा गम्भीर ‘डिफिसिएन्सी’ हुने गर्दछ ।

भिटमिन डीले हाम्रो शरीरमा ‘क्याल्सियम र फस्फेट’ को मात्रा नियन्त्रण गर्नमा मद्दत पुर्याउँछ । त्यस्तै विभिन्न अनुसन्धानहरुबाट भिटमिन डीले आथ्रिटिस, स्वासप्रस्वासको संक्रमण र थुप्रै किसिमका क्यान्सरबाट पनि जोगाउन सक्ने प्रमाणित गरिसकेको छ ।

भिटमिन डीको अभाव हुँदा हाम्रा जोर्नी र हड्डीहरु दुख्ने अनि मांसपेशी कमजोर हुने गर्दछन् जसले मान्छेको दैनिकीमा ठूलो असर पारिरहेको हुन्छ । तर डायटबाट मात्र यसको पर्याप्त डोज पुर्याउन अत्यन्तै कठिन हुन्छ । जस्तै ‘ओइली फिस’ एक प्रकारको माछा, अण्डाको पहेँलो भाग, मासु लगायतका केही खानेकुरामा भिटमिन डी हुने भए पनि अत्यन्तै कम मात्रामा पाइन्छन् ।

भिटमिन डीको कमीबाट विशेषगरी स्तनपान गराइरहेका महिला, गाढा रङ्को छाला भएको व्यक्ति, मोटोपनाका बिरामी, वृद्ध, धेरै सन स्क्रिनको प्रयोग गर्नेहरु, पूरै शरीर ढाक्नेगरी कपडा लगाउने व्यक्ति र घामसँग सम्पर्कमा नआउनेहरु बढी जोखिममा हुन्छन् । दिनमा १० माइक्रोग्राम भिटमिन डी स्वस्थ हड्डी, दाँत र मांसपेशकिा लागि अति आवश्यक मानिएको छ ।





error: Content is protected !!