पश्चिम जाजरकोटबासी भन्छन् ः आफै भन्दा बढी तौल बोक्ने दिन गएछन् !

हेमन्त केसी
जाजरकोट ,  बीस दिन लगाएर नुन बोकेर प्रयोग गरेको समय सम्झदै छेडागाड नगरपालिका – ६ का ६१ वर्षीय रामबहादुर विसीलाई अहिले अचम्मै लाग्छ ।

हेर्दा , हेर्दै घर आँगनमा मोटर ,गाडी गुडे उहाँ भन्नुहुन्छ , “ मैले पहिलो पटक नेपालगन्ज गएर बस देखेको हुँ , जती साह्रै डर लागेको थियो उतिकै खुसी पनि लागेको थियो । ” अहिले हाम्रो पालामा घर, आंगनमै यातायाका साधन गुड्दा अचम्म लाग्छ , नातीले मोटरसाईलमा पछाडी राखेर नुन , तेल र अन्य खाद्यान्न ल्याउने गर्दछ उहाँले भन्नुभयो । हाम्रो पुस्ताले धेरै खालका आन्दोलन , क्रान्ति देख्न पायो भन्दै विसीले भन्नुभयो , “ अव यो देशमा धेरै आन्दोलन चाहिएको छैन , अव विकास गर्नुपर्र्यो सवैले मिलेर । ”

जिन्दगीका कहाली लाग्दा दिनहरु सम्झदै अर्का ६४ वर्षीय हरीबहादुर विक भन्नुहुन्छ , “ मेरो आधा जिन्दगी त साहुको भारी बोेक्दै गयो , अव घर नजिकै यातायात पुगेपछि छोरा, नातीले भारी बोक्ने कुरा छुट्दा खुसी छु । ” उहाँले आफै भन्दा बढी तौल बोकेर कयौन पटक नेपालगन्जबाट जाजरकोट सामग्री ल्याएको सम्झदै अहिले दिन खुसी र सुखका भएको बताउनुभयो । अहिले पश्चिम जाजरकोटका शिवालय गाउँपालिका , छेडागाड नगरपालिका अधिकांश वडामा यातायातको पहुँच पुगेको छ ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा सडक सञ्जाल विस्तार अभियान तिव्र बनेको छ । स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारको विशेष निगरानीमा पश्चिम जाजरकोटमा सडक सञ्जाल निर्माण कार्य तिव्र बनेको हो । जाजरकोट –जुम्ला जो्ड्ने सडक पश्चिम जाजरकोट भएर जाने गर्दछ । जाजरकोट –डोल्पा सडक खण्डको आधा भाग पश्चिम जाजरकोट भएर जाने गर्दछ ।

पश्चिम क्षेत्रका तीन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ तीनवटा तहका सरकारको मुख्य विषय नै सडक भएकाले आन्तरिक तथा लामो दुरीका सडक निर्माण कार्य तिव्र पारिएको छ । ”

अहिले पुराना सडकको स्तरउन्नती र नयाँ सडकको ट्याक खोल्ने काम भएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । सडकको स्तरउन्ततीका लागि कार्यपालिकाको वैठक वसेर आन्तरिक सडकको स्तरउन्न्तीको काम सुरु भईसकेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । सडक सञ्जाल विस्तार सँगै यहाँका स्थानीय तहले एम्वुलेन्स सेवा सुरु गरेका छन् । शिवालय गाउँपालिकाले गर्भवती र जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्स सेवा सुरु गदै आएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

सडकमा पहुँच बढेसँगै स्थानीयवासीहरु खाद्यान्न , औषधी उपचार , खरिद र विक्री समेत प्रभावकारी रुपमा गदै आएको शिवालय गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो । भौतिक पुर्वधारका काम समेत छिटो , छरितो रुपमा निर्माण हुँदै आएका छन् । सडक विस्तारसँगै वजार विस्तार भएको छ । अर्थउर्पाजनका हिसावले समेत कृषकहरुमा राहत मिलेको छ ।

सदरमुकाममा सेवा लिदै आएका स्थानीयवासीहरु गाउँमै सवैका प्रकारका सेवा पाएपछि दंग भएको छन् । खाद्यान्न उत्पादनका हिसावले कम्जोर मानिएको पश्चिम जाजरकोटमा सडक सञ्जाल जोडिएसँगै कृषि व्यवसाय गर्न सहज भएको छ । उत्पादित तरकारीबाली वजार सम्म लिन समेत सहज भएको स्थानीयवासीले बताएका छन् ।

कच्ची सडक पिच गर्न स्थानीयवासीको माग
शिवालय गाउँपालिकाको मोर्क सम्म कालेपत्रेको का सम्पन्न भईसकेकोले अन्य ठाउँमा पनि कालोपत्रेको काम तत्काल सुरु गर्न स्थानीयवासीले माग गरेका छन् ।
यस सडक खण्डका निर्माण गर्न बाँकी रहेका पुलहरु समेत छिटो निर्माण गर्न मोर्कवासी स्थानीय पुर्णसमिर महतराले बताउनुभयो । गाडी आएसँगै पिच नहुँदा सडकका छ





error: Content is protected !!