एमसिसि राष्ट्रघाती भन्दै सुर्खेतमा छुट्टाछुट्टै प्रर्दशनी

 सुर्खेत । एमसीसी राष्ट्रघाती भएको भन्दै ,छुट्टाछुट्टै प्रर्दशनी गरिएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वतन्त्र दलित विद्यार्थी संगठनले राष्ट्रघाती भएको भन्दै प्रर्दशनी गरेको हो ।

सुर्खेतका विभिन्न ठाउँमा प्रर्दशनी गर्दै कोणसभामा परिणत भएको स्वतन्त्र दलित विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष धनबहादुर नेपालीले बताए । उक्त कोणसभालाई सम्बोधन गर्दै, अध्यक्ष नेपालीले भने, ”एमसीसी राष्ट्रघाति छ । देशको हितमा नभएको हरियो घाँस भित्र बिषालु सर्प भएर एमसिसि नेपालमा आएकोले देशलाई समृद्धि होईन ध्वस्त बनाउँछ ।”

कुनै पनि समयमा कसैको गुलामी नबनेको देश गुलाम र जनतालाई दास बनाउन लागेको उनले बताए । एमसिसिमा भएका बुद्धाहरुले नेपालको सर्वभौमसत्ता माथी हमाल नेपालको कानुन भन्दा एमसिसि माथि हुने भएकोले यो नेपाली जनतालाई मान्य नहुने उनको भनाई छ ।

यस्तै, बिप्लव निकट नेकपाका कार्यकर्ताले एमसिसि सम्झौताको बिरोधमा सुर्खेतको बीरेन्द्रनगरमा कोणसभा सम्पन्न गरेका छन । एमसिसिको राष्ट्रव्यापी बिरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रम अनरुप आइतबार उनीहरुले बिरोध स्वरुप कोणसभा गरेका हुन । राज्यले प्रतिबन्ध लगाएपछि ऊनिहरु मुख्य शहर बीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरिले हस्तक्षेप र दमन गर्ने भएको कारण बीरेन्द्रनगरका फरक फरक ठाऊ बाट बिरोध सभको जुलुस निकाल्ने गरेका छन ।

पार्टी कार्यकर्ता रिहाइको माग गर्न सुर्खेत क्षेत्रिय हस्पिटल को चोक प्रयोग गरेका ऊनिहरुले एमसिसिको बिरोधमा कोणसभा गर्न हरि डिलभुमि मा बिकोे चोक बाट नारा लगाएर सुरु गरेका थिए । अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने हो भनेकै छ तर हामीले नेपाल केन्द्रित अमेरिकी चासोलाई हेर्दा चारवटा भित्री योजना देख्न सकिन्छ ।

पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिणएसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कखम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने ।त्यसकारण यो सम्झौता खारेज हुनुपर्छ ।





error: Content is protected !!