पर्यटन बोर्डमा बस्ताकोटी नै किन?

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोटमा निवर्तमान सिइओ जोसिलाई समेत पछी पार्दै छनोट समितिवाट नियुक्तिको लागि ३ जनामध्येमा सिफारिस हुन सफल गोरखा बारपाक-सुलिकोट गाउँ पालीका वडा न ८ पन्द्रुङ जराङ निवासी दिपक बस्ताकोटी बिगत २२ वर्ष देखि पर्यटन क्षेत्र र व्यवसायमा हुनुहुन्छ ।
ट्रेकिङ्ग पोर्टर – गाइड हुदै पर्यटन क्षेत्रको विविध विधाहरुमा देश तथा विदेशमा समेत अनुभव लिनुभएका वस्ताकोटी कुल १९ प्रतिस्पर्धिहरुवाट अब्बल छानिदै सिफारिस ३ जना भित्र पर्नु भएको हो । अंग्रेजी र अर्थशास्त्रमा वि एड, अंग्रेजी विषय लिएर २००२ मा एम ए र २०१२ मा एम बि एस ( अन्तर्रास्ट्रिय मार्केटिङ्ग र मार्केटिंग रिसर्च ) गर्नुभएका वस्ताकोटीले एम वि एस को डिग्रीको लागि पर्यटन बोर्डको मार्केटिंगको विषयमा थेसिस लेख्नुभएको छ । त्यस्तै उहाले २०१७ मा पोखरा विस्वविध्यालयवाट अंग्रेजीमा एम फिल गर्नुभएको छ । जनयुद्धका पहिलो सहीद दिल वहादुर रम्तेलका तत्कालिन अंग्रेजी शिक्षक वस्ताकोटी एक इमान्दार, जेहन्दार, र सामान्य व्यक्ति पनि हुनुहुन्छ ।
बारपाक सुलिकोट गाउँ पालीकाको समग्र विकाशमा सहयोग गर्न गाउपालिकाले गठन गरेको सम्वृद्ध सुलिकोट सल्लाहकार समूहको सदस्य वस्ताकोटी पर्यटन उप-समुहको संयोजकका रुपमा समेत कार्यरत हुनुहुन्छ । तीन जना सिफारिस मा परेका हरुमध्येका सम्भावित भनेर भनिएका धनन्जय रेग्मी हाल केहि विवादित देखिएका छन् । पर्यटनमा छोटो अनुभंव भएको र अन्य व्यापार क्षेत्रको व्यक्ति रहेकोले कतिपय पर्यटन व्यवसायीहरु नै र बोर्डका कर्मचारी नै पनि उनको नियुक्तिमा असन्तुस्ट हुने देखिएको छ । डा गोबिन्द केसी अनसन बसेका बेला केसिको पछ्यमा नारा जुलुस गर्दै सरकारको बिरूद गर्दै हिड्ने मान्छे भनेर समाचार आएकोले सत्तारुढ ने क पा मा आस्था राख्ने कतिपय व्यवसायीहरु पनि उनीप्रति सकारात्मक छैनन् । कुनै बिबादित भयन भने दिपक बस्ताकोटीनै पर्टन बोर्डको सिइओ वन्ने पक्का छ भन्छन ठमेलका पर्यटन व्यवसायीहरु | दिपक बस्ताकोटी जस्तो शुन्य लेवलवाट उठेको र पर्यटनको धेरै आयामहरुमा दख्खल राख्ने व्यक्ति हुदा हुदै अरु विवादित व्यक्तिहरुलाइ किन नियुक्त गर्ने भनेर भन्ने मत वलियो छ । चार वर्षे कार्यकालका लागि सीईओ छनौट गर्न मन्त्रालयले बोर्डका सदस्य विप्लव पौडेलको अध्यक्षतामा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र पर्यटन व्यवसायी कृष्णबहादुर महरा क्षेत्री सम्मिलित समिति बनाएको थियो । समितिले माघ ५ गते बिहान ८ बजो बोर्डको हलमा बैठक राखी ३ जनाको नाम छनोट गरेको थियो ।
जसम पहिलो निर्णय माघ २ र ३ गते लिइएको प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी ९ जना उम्मेदवारहरुको लाहाछाप लगाई खामबन्दी गरिएको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको मूल्यांकन फारमहरु रहेको खाम थान तीन खोली तालिकिकरण गर्ने निर्णय गरेको छ । दोस्रो निर्णयमा ९ जना उम्मेदवारहरुको प्रस्तुतीकरणको पदपूर्ति समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक निर्धाण गरिएको छ । साथै ९ जना उम्मेदवारको अन्तरवार्ताको पदपूर्ती समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक जोडी कूल अंक निर्धारण गरिएको थियो ।
प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्चतम् अंक प्राप्त गर्ने ३ जना उम्मेदवारहरुलाई कार्यकारी प्रमुखको नियुक्ति सिफारिस सम्बन्धी मापदण्ड एवम् कार्यविधि,२०७६ को दफा९७० बमोजिम वर्णानुक्रमका आधारमा बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरियो । क.दिपक बस्ताकोटी ख.धनन्जय रेग्मी ग.हिकमत सिंह ऐर तेस्रो निर्णयमा उल्लेखित सिफारिस गरिएका ३ जना उम्मेदवार मध्ये एक जनालाई बोर्डको ऐन,२०५३ को दफा (१४) अनुसार कार्यकारी प्रमुख पदमा ४ वर्षका लागि नियुक्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउन बोर्डको कार्यकारी समितिका अध्यक्ष मार्फत बोर्डको कार्यकारी समिति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

Seen by Dhiraj Uperkoti at 5:56 PM





error: Content is protected !!