२२ जना पुरुषसँग अफ्रिकाका ३२ करोड महिलाको भन्दा धेरै सम्पत्ति

एजेन्सी ः महिलालाई समावेश नगर्ने तर समाजमा कुनै योगदान नपुर्याउने अर्बपतिहरुलाई चाहिँ ठूलो अंशमा सम्पत्ति कमाउने अवसर दिइरहेको भेदभावपूर्ण आर्थिक प्रणालीका कारण विश्वव्यापी असमानता नियन्त्रण भन्दा बाहिर पुगिसकेको अक्सफाम इन्टरनेसनलले चेतावनी दिएको छ ।

यसमा बालबालिका र वृद्धहरुको ख्याल राख्ने विषयमा महिलाहरुको बोझ कम गराउने नीति ल्याउन अक्सफामले सबे सरकारहरुसँग अनुरोध समेत गरेको छ ।

यसको रिपोर्टका अनुसार अहिलेको अवस्थामा धनीहरुमाथि उच्च कर लागू गर्न र राष्ट्रिय सरकारले बालबालिका र वृद्धहरुको स्वास्थ्य सेवामा अधिकतम लगानी गर्न आवश्यक देखिएको छ ।

स्वीट्जरल्यान्डमा हुने विश्व आर्थिक फोरमको सम्मेलन अगावै अक्सफामले वार्षिक असमानता रिपोर्ट सार्वजानिक गरेको हो जसले हरेक वर्ष विश्का सबैभन्दा धनी देश र प्रभावकारी व्यक्तित्व माथि प्रकाश पार्ने गरेको छ ।

यसबीच यो वर्षपनि रिपोर्टमा केही रोचक तथ्यहरु पत्ता लागेका छन् । जस्तै हाल विश्वका २,१५३ अर्बपतिहरुसँग ४।६ अर्ब मानिस भन्दा धेरै सम्पति छ ।

त्यस्तै २२ सबैभन्दा धनी पुरुषहरुसँग अफ्रिकाका पूरै महिला जनसङ्ख्या ९३२ करोड ६० लाख ० भन्दा बढी सम्पत्ति छ ।

त्यस्तै विश्वका एक प्रतिशत धनीहरुसँग ६।९ अर्ब मानिस भन्दा धेरै पैसा छ ।

१५ वर्ष माथि उमेरका महिलाहरुले हरेक वर्ष १०।८ ट्रिलियन डलर बराबरको पारिश्रमिक पाइरहेका छैनन् र पछिल्लो एक दशकमा अर्बपतिहरुको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ ।

६३ पाना लामो यस रिर्पोटमा विश्व प्रमुखहरुले गरिब र धनीबीचको बढ्दो अन्तर सुल्झाउन पर्याप्त प्रयास नगरेको आरोप पनि लगाएको छ ।

राजनीति र आर्थिक दुवै क्षेत्रको शिर्ष स्थानमा यस वर्ष पनि पुरुषहरुले महिलालाई कसरी छाँयामा पारे भन्नेमा रिपोर्टले सबैको ध्यान केन्द्रित गराएको छ ।

यसमा लैङ्गिक भेदभावले नै आर्थिक असमानतालाई जन्म दिइएको रिपोर्टको तर्क छ जसमा भनिएको छ, “बजार अर्थतन्त्रलाई महिलाहरुले नै सस्तो र निःशुल्क श्रमिक प्रदान गरि ठूलो योगदान पुर्याइरहेका छन् जुन सार्वजानिक निकायको जिम्मेवारी हुनुपर्ने थियो । त्यही बिना पारिश्रमिकको कामले लिङ्गभेद अर्थ प्रणालीलाई व्यापक बनाइदिएको छ । ”

यसका साथै अक्सफामले बूढो हुँदै गएको जनसङ्ख्या बारे पनि चेतावनी दिएको हो ।

यसमा जेष्ठ नागरिकहरुको स्वास्थ्य र सेवा खर्चको ठूलो बोझ पर्ने हुँदा कामदारहरुमा थप असमानता बढ्ने सम्बन्धी चिन्ता व्यक्त गरिएको छ ।

त्यसैगरी अर्बपतिहरु समाजका लागि राम्रा हुन् कि होइनन् भन्नेबारे पनि विवाद गरिएको छ ।

कतिपयले अर्बपतिहरु सफल क्यापिटलिस्ट प्रणालीको फल भएको तर्क गर्छन् भने केहीले चाहिँ उनीहरुमाथि अत्यधिक कर लगाउनुले नै विश्वलाई निस्पक्ष र समान बनाउने बताइरहेका छन् ।

अमेरिकी राष्ट्रपतिका दुई उमेदवार, टम स्टेयर र माइकल ब्लुमबर्ग पनि अर्बपति हुन् । सीएनएन





error: Content is protected !!