मलमूत्रले मान्छेको आय, स्वास्थ्य र आहारबारे पनि केही बताउँछ ?

बीबीसी । अष्ट्रेलियाको ‘वेस्टवाटर’ अर्थात ढलमा फाइबर, क्याफिन, ड्रग्स सम्बन्धी अध्ययन गर्ने क्रममा धनी र गरिब समुदायले सेवन गर्ने खानेकुराबीच ठूलो भिन्नता पाइएको हो ।

युनिभर्सिटी अफ क्वीन्सल्यान्डको ल्याबमा अष्ट्रेलियाका एक चौथाइ भन्दा धेरै जनसङ्ख्याको मलमूत्रका नमुनाहरु संकलन गरि राखिएको छ ।

विभिन्न समुदायलको खानपान र औषधि सेवन सम्बन्धी अध्ययन गर्न ती स्याम्पल भेला पारि यस किसिमको पहिलो अध्ययन सञ्चालन गरिएको हो ।

यसमार्फत गरिब र धनी समुदायको जीवनशैलीबारे स्पष्ट जानकारी हासिल गर्न सफल भएको अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

यसमा उनीहरुले उच्च सामाजिकआर्थिक क्षेत्रमा फाइबर, सिट्रस र क्याफिन सेवनको मात्रा धेरै रहेको पाएका हुन् भने गरिब समुदायमा चाहिँ रक्तचाप, पेनकिलरलगायतका औषधिको उल्लेखनीय प्रयोग गरिएको पत्ता लगाए ।

यसरी अनुसन्धानकर्ताले जति सम्पन्न समुदाय त्यति स्वस्थकर डायट हुने लगायतका सबै जानकारी मानव समुदायको मलमूत्रको अध्ययनपछि पत्ता लगाएका हुन् ।

त्यसैले पनि विभिन्न समुदायका जीवनशैली र खानपानका व्यवहारबारे प्रत्यक्ष डाटा हासिल गर्न र सार्वजानिक स्वास्थ्य नीतिमा सुधार ल्याउन यो तरिका उपयोगी भएको वैज्ञानिकहरुको भनाइ छ ।

यसअघि युरोप, उत्तर अमेरिका लगायतमा पनि मान्छेले अवैध ड्रग्स लिइरहेको हुन सक्नेबारे पत्ता लगाउन यसरी नै सामुदायिक ढलको अध्ययन गरिएको थियो ।

त्यस्तै यसले कुनैपनि संक्रमण फैलनु अगाडि नै रोग पत्ता लगाउन पनि मद्दत गर्ने बताइएको छ ।

त्यस्तै कतिपय अवस्थामा मानिसहरुले मोखिक सर्वेक्षणमा सहभागी हुँदा स्वस्थ खानपान सम्बन्धी बढाइचढाइ जानकारी दिने गरेका छन् भने अस्वस्थ खानाका बारेमा कमै बताउने गर्छन् ।

सो अवस्थामा पनि यो तरिकाले सहि डाटा संकलन गर्नमा मद्दत पुर्याउने बताइएको छ ।

ढल सर्वेक्षणले दुई समुदायलाई छुट्याउनुका साथै समयसँगै तिनमा देखा परेका परिवर्तनतर्फ पनि केन्द्रित गराउँछ । वास्तवमा ढलमा मान्छेको मलमूत्र मात्र नभएर व्यवसायिक फोहोर जस्तै व्यक्तिगत सफाइका फोहोर पनि मिसिएका हुन्छन् जसले पनि धनी र गरिब समुदायलाई छुट्याउने दैनिक उपभोग्य वस्तुबारे जानकारी प्रदान गर्दछ ।

जस्तै धनी समुदायका ढलमा फाइबर र सिट्रस धेरै भएको डायट बढी पाइएको हो ।

त्यस्तै तिनको जीवनशैलीमा क्याफीनको पनि उल्लेखनीय मात्रा पत्ता लागेको थियो । यसरी अध्ययनकर्ताहरुले अर्को सेन्ससमा पनि यस किसिमको सर्वेक्षण जारी राख्ने बताएका छन् ।





error: Content is protected !!