चीन र भारतसहित चार देशका पर्यटन मन्त्री नेपालमा

काठमाडौं, छिमेकी राष्ट्र चीन र भारतका पर्यटन मन्त्री नेपाल आइपुगेका छन्। नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन दुवै देशका पर्यटन मन्त्री काठमाडौं आइपुगेका हुन्।

चिनियाँ पर्यटन मन्त्री वाङ सियाफेङ र भारतीय पर्यटन मन्त्री प्रल्हादसिंह पटेल काठमाडौं आइपुगेका पर्यटन मन्त्री योगेश भट्टराईका सहयोगी प्रेम गुरागाईंले जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा भोलि हुने उद्घाटन समारोहलाई विशेष अतिथिको हैसियतमा उनीहरूले सम्बोधन गर्नेछन्।

पर्यटन मन्त्री भट्टराईले दुवै मन्त्रीलाई राजधानीको होटल सोल्टीमा स्वागत गरेका छन्। त्यस्तै, म्यानमारका पर्यटन मन्त्री यु उन मुङ र जमैकाका इडमड बार्टलेट पनि नेपाल आइपुगेका छन्।





error: Content is protected !!