हिमपातले परीक्षार्थी थरथर काप्दै , कत्तै परीक्षा स्थगीत , कत्तै सञ्चालन

डोल्पा ,  हिजो देखि सुरु भएको वार्षीक परीक्षा हिमपातका कारण प्रभावित भएको छ ।  डोल्पाका उपल्लो र मध्य भागमा हिमपात सुरु हुँन थालेपछि सुक्रबार देखि सुुरु भएको वार्षीक परीक्षामा सहभागी हुँने विद्यार्थीहरु समस्यामा परेका हुँन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरीस जोसीले बताउनुभयो । विद्यार्थीहरु परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना , साना बालबालिकाहरु चिसोका कारण लेख्दा, लेख्दै रुने , कराउने गर्न थालेको उहाँको भनाई छ । भारी हिमपातका कारण आफ्नो विद्यालयमा परीक्षा समेत स्थगित भएको जोसीले बताउनुभयो ।

त्यस्तै हिमपातका कारण पशु चौपाया, बालबच्चा, बृद्धबृद्धाहरुलाइ बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका – २ रसिका स्थानीय बासि जुनराज रोकायले बताउनुभयो । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुँने खतरा भएको भगवती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र सुरु हुँने गरेका छन् ।





error: Content is protected !!