अज्ञात समुहले वडा कार्यालय जलायो

जाजरकोट ,अज्ञात समुहले जाजरकोटको कुशे गाउँपालिका –६ को वडा कार्यालय जलाएको छ । आज विहान अज्ञात समुहले वडा कार्यालय भएको सवै कागजात , कुसी र फर्नीचरमा आगो लगाएर जलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ( डिएस्पी) श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । वडा कार्यालय जलाउने समुहको खोजी भईरहेको खत्रीले जानकारी दिनुभयो ।





error: Content is protected !!