सदस्य सचिव भन्छन् – क्रियाशिल नभए नयाँ संघ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले क्रियाशिल नहुने खेलकुद संघलाई नयाँ बनाएर अघि बढ्ने बताएका छन् ।

काठमाडौंमा बिहिबार आयोजित अन्तरक्रियामा सदस्य सचिव सिलवालले क्रियाशिल नभएका संघलाई नयाँ बनाएर गति दिने बताएका हुन् ।

‘क्रियाशिल नभएका संघलाई क्रियाशिल बनाउछु । यदि क्रियाशिल नभए नयाँ संघ बनाएर गति दिन्छु ।’ उनले भने ।

सबै संघ तथा संस्थालाई यसअघि गरेका काम र अब गर्ने कामको योजना पेश गर्न निर्देशन दिएको बताउँदै उनले बताएका छन् ।

‘तीनपटक पत्र काटिसकें । तीन वर्ष अघिको कामको उपलब्धि र अबको वर्षको उद्देश्य राखेर जवाफ पठाउन भनेको थिएँ । तर, अहिलेसम्म ७० वटा संघ–संस्थाले मात्रै जवाफ फर्काए, बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । अन्तिम चेतावनी दिएको छु । अब पनि कुनै जवाफ नआए, विकल्पमा लाग्छु ।’ उनले भने ।

उनले नेपालमा आयोजित साग सफलतापुर्वक सम्पन्न गरेको बताउँदै अब १४ औं संस्करणको साग, ओलम्पिक, एशियन गेम्स र विश्वकपको तयारीमा आफु जिम्मेवार र गम्भिर भएर लाग्ने सुनाए ।

‘दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।’ सिलवालले भने ।
उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिनअघि नै सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् ।





error: Content is protected !!