महिनावारीको पीडा ः कहिले सम्म पशुचौपाय सँग हाम्रो वास ?


हेमन्त केसी

काठमाडौँ , जुनिचाँदे गाउँपालिका ८, जाजरकोटकी काली खड्काले महिनावारी हुँदा ६ दिनसम्म घरको मुख्य चुलो ( आगो बाल्ने) भएको भाग प्रवेश नै गर्न पाउनुहुन्न  ।

उहाँको घरमा छाउगोठ नहुँदा महिनावारी समयमा गाईभैंसी बाँध्ने गोठको एउटा कोठामा सुत्नुपर्ने बाध्यता छ । गाई,भैंसीको मल र फोहोर सँगै सुत्नुपर्दा महिनावारीको समयमा याताना दिएको भन्दा बढी पीडा हुँने गरेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो , “ घरका सवै सुत्ने ठाउँमा वस्न मिल्दैन , देवता रिसाउने र अनिष्ट हुँने विश्वासका कारण हामी गोठमा सुत्न बाध्य छौ, ।”
त्यस्तै बारेकोट गाउँपालिका –४ जिरीकी रतनकला रावलको पीडा पनि कम छैन् । जिल्लाको सवै भन्दा चिसो तथा दुर्गम मानिएको जिरीमा महिनावारीको समयमा शरीर चिसोमा काप्दै घर बाहिर वस्नुपर्ने बाध्यता रहेको रावतले बताउनुभयो । उहाँले भन्नुभयो , “ गाउँको सामाजिक परम्पराका कारण हामीहरु वषौ देखि महिनावारी ( छुई) भएको समयमा घर बाहिर वस्नु परेको छ , आगो बाल्ने मुख्य कोठामा प्रवेश नै गर्न पाईदैन । ”

उहाँहरु त प्रतिनिधिमुलक पात्र मात्र हुँनुहुन्छ , जिल्लाका दुर्गम गाउँहरुमा यस्तो समस्य जगडिएर वसेको छ । देवता र सामाजिक परम्परा भन्दै महिनावारीको समयमा ६ दिन सम्म घर देखि बाहिर वस्न बाध्य भएको अधिकांश महिलाहरुले बताउँदै आएका छन् ।

दैनिक गाउँका २० भन्दा बढी महिलाहरु घर देखि बाहिर वास हुँने गरेको छ । देवता रिसाउने भन्दै घरको मुख्य ठाउँमा जान नदिएका कारण उनीहरु महिनावारी हुँदा गाई, भैंसी बाँध्ने एक छेउमा सुत्न बाध्य भएका हुँन् । महिनावारी हुँदा देवी , देवतीका मन्दिर , खानेपानीको धारा , फलफुलको विरुवा सम्म छुन नमिल्ने हुँदा समस्य हुँदै आएको छ । परम्पराकै रुपमा जरोगाडेर वसेको छुवाछुत प्रथाका कारण यहाँका सयौँ महिलाहरु दुख पाउँदै आएका छन् । धामी–झाँक्री र देउताका मठमन्दिर रहेका घर , परिवारका महिलाहरु महिनावारी हुँदा थप समस्या हुँने गरेको छ ।

महिनावारी हुँदा देवी देवताको पुर्जा गर्ने ठाउँमा समेत जान प्रतिवन्ध गरिएको हुन्छ । तातो मौसममा महिनावारी हुँदा खास समस्य नभएपनि चिसो मौसममा सवै भन्दा चुनौती हुँने गरेको छ । हिमाली क्षेत्रमा हिमपातको समयमा महिनावारी हुँदा महिलाले सास्ती पाउने गरेका छन् । डोल्पाका अधिकांश ठाउँमा महिनावारी हुँदा महिलाहरु ज्यान जोखिममा पर्ने गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका , कुशेगाउँपालिका , जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको माथेल्लो भागका महिलाहरु महिनावारीको समयमा समस्य भोग्दै आएका छन् ।

महिनावारीको समयमा एक सरो कपडा ,त्यसमा पशुवस्तु सँग एक कुनामा सुत्नु पर्दा विरामी नै हुँनुपरेको महिलाहरु सुनाउँछन् । गरिव परिवार मात्र होईन, शिक्षित परिवारमा समेत महिनावारीको समयमा गोठमै वस्नु परेको पीडा महिलाहरु सुनाउँछन् । महिनावारी भएकाबेला छुँदा गाईभैंसीले दूध नदिने र फलफूलका बोट सुक्ने अन्धविश्वासकै कारण महिनावारी भएका बेला मान्यजनले हिँड्ने बाटोभन्दा फरक बाटो हिड्ने गरेको पीडा समेत सुनाउने गरेका छन् ।

महिनावारीको समयमा शरिर कम्जोर भएको समयमा देवता रिसाउने भन्दै दही, दुध र घ्यू सम्म देवता रिसाउने भन्दै खाना नदिने गरेको महिलाहरु बताउँछन् । महिनावारी भएको महिलाले जङ्गलबाट काटेर ल्याएको घाँस पशुचौपायलाई खुवाउने भएपनि , पशुचौपायले दिएको दुधजन्य बस्तुहरु दिन प्रतिवन्ध लगाएको छ । सामाजिक न्यायका हिसावले समते आफुहरु माथी अन्यय भएको महिलाहरु बताउँछन् । नुनको धुलो र तरकारी सँग महिनावारी हुँदा दैनिक आहारा हुँने गरेको महिलाहरुको गुनासो छ । स्थानीय सरकारले यस्ता खालका सामाजिक रुपमा जरो गाडेर बसेका विकृतजन्य संस्कारलाई हटाउन लागि ध्यान दिनुपर्ने आवाज उठ्दै आएको छ ।

महिनावारी हुँदा प्रयोग गर्ने कपडाकै समस्य
महिनावारी हुँदा प्रयोग गर्ने कपडा सजिलै गाउँमा नपाउँदा महिना पिच्छे समस्य हुँदै आएको छ । गाउँका महिलाहरु महिनावारी भएका बेला पुराना कपडालाई च्यातेर जवरजस्ती प्रयोग गर्न बाध्य भएको शिक्षिका रामकुमारी बोहोराले बताउभयो । उहाँले भन्नुभयो , “ अधिकांश ग्रामीण बजारमा स्यानिटरी नपाइने भएकाले पुराना कपडा प्रयोग गर्नुपर्ने बाध्यता भएको हो , सुरक्षित प्याड प्रयोग नगर्दा ग्रामीण क्षेत्रका महिलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन् । ”
छात्राहरु विद्यालय आउनै समस्य
महिनावारी हुँदा छात्राहरुलाई समस्य हुँदै आएको छ । महिनावारीको समयमा प्रयोग गर्ने प्याड नहुँदा कम्तिमा ६ दिन विद्यालय छाड्न बाध्य भएको सरस्वती मावि सिलिङगीचौरकी कक्षा १० की छात्रा रमिता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो , “ हामी सँग प्याड किन्न लाई पैसा हुँदैन , नजिक स्वास्थ्य संस्था छैन् , विद्यालयमा रगत देखियमा साथीहरुले जिस्क्यिाउछन् , त्यसैले विद्यालयमा आउन मन लाग्दैन् , । ”
महिनावारीको समयमा शिक्षिकालाई समेत अप्ठ्यारो हुँदै आएको छ । पठाउँन विद्यालयमा जाँदा निरन्तर खटिनुपर्दा थकावट बढी हुँने गरेको छ । केडको सहयोगमा जिल्लाको नलगाड नगरपालिका र भेरी नगरपालिकामा बहुआयामित मञ्चले महिनावारी हुँदा हुँने समस्य रोक्न भन्दै बिभिन्न कार्यक्रम गरेपनि त्यो प्रभावहिन भएको छ । कर्मचारी छनोट गर्दा नै दलिय छायामा परेर कम्जोर उम्मेदवारलाई छनोट गर्दा काम प्रभावहिन भएको हो । दैनिक विद्यालयमा समेत काम गर्ने तरिकामा आलोचना हुँदै आएको छ ।





error: Content is protected !!