तेस्रो मेयरकप तथा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

राजापुर , सांसद जनार्दन शर्माले खेल गतिशीलता, अनुशासन, सिर्जनशीलता, स्वस्थता र बौद्धिकताको विकास गर्ने माध्यम भएको बताउनुभएको छ । बर्दियाको मधुवन नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप तथा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलकूद क्षेत्र राष्ट्रको पहिचान र समृद्धितर्फको खुट्किलो रहेको बताउनुभयो ।

नगरपालिकाप्रमुख गणेशबहादुर केसीले शिक्षा र खेलकूदको विकासका लागि नगरपालिकाले विशेष जोड उल्लेख गर्दै बालबालिकाको क्षमतालाई राष्ट्रियस्तरमा नै पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

मधुवन बजारको गुराँस माविमा शुरु भएको प्रतियोगितामा मधुवन नगरपालिकाका १९ वटा सामुदायिक र संस्थागत विद्यालयका बालबालिका सहभागी भएका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल १९ खेलमा प्रतिपस्पर्धा हुनेछ ।

गुराँस माविका सहआयोजनामा भएको प्रतियोगिताका लागि रु आठ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । बालबालिकाको क्षमता पहिचान गर्नका लागि नगरपालिकाले हरेक वर्ष यस्ता किसिमका खेलको आयोजना गर्दै आएको छ ।
–––





error: Content is protected !!