“शहिदको सपना” गीतको विमोचन

सरु बस्नेत जाजरकाेट। शहिदको सपना गीतको विमोचन गरिएको छ । शनिबार चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माको हात बाट बिमोचन गरिएको हो ।

समृद्ध नेपाल निर्माणमा ठुलो भुमिका खेलेका शहिदहरुको सम्झनामा निर्माण गरिएको उक्त गीतको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख विशाल शर्माले “हामी नेपाली काम गर्न नेपालमा लाज मान्छौँ ,तर विदेशमा गएर जे पनि गर्न तयार हुन्छौँ ।

यसले गर्दा पनि हाम्रो देश विकास निर्माणमा पछि परेको बताए । आगामी दिनमा हामी उत्पादनमुखी बनेर काम गर्न सके देशको विकास निमार्ण गर्न सकिने उनकोे भनाई छ । रुकुमको सेरोफेरोलाई समेटेर तयार पारिएको यो गीतले दश बर्षै जनयूद्धको पनि झल्को दिने उनको भनाई छ ।

उनले गीतको सफलताको शुभकामना दिदैँ चौरजहारी नगरपालिका संस्कृतिक बाटोमा अघि रहेको बताए ।

शहिदको सपना गीतका गायक एवम संगीतकार विजय तिरुवाले सहिदको सपना अझै पनि उनीहरुको रगतमा बगेकोले उनीहरुको सपना पुरा गर्न टेवा पुगोस भनेर उक्त गीत निर्माण गरिएको बताए ।

उक्त गीतमा गायक विजय तिरुवा र जमुना शेर्पालीको आवाजमा सजिएको छ । गीतमा विजय तिरुवाले शब्द संगित गरेका छन् ।





error: Content is protected !!