अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्‍न आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो।
निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो। निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो।
 
 




error: Content is protected !!