जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा अभियानमा भेरी नगरपालिका

जाजरकोट ः भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्ने भएको छ । नगर सभाबाट पास भएको निर्णयलाई भेरी नगरपालिकाले आगामी जेठ २१ गते कार्यन्वयन गर्न जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्ने भएको हो ।

आगामी जेठ २१ गते जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्ने तयारीमा रहेको भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गर्न तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । अधिवक्ता ईमानबहादुर सुनार र सन्तोष भण्डारीले सहजीकरण गरेको तीन दिने कार्यशाला गोष्ठीले तीन दर्जन भन्दा बढी सामाजिक अभियान्तालाई तालिम दिनुको साथै जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि रणनैतिक योजना निर्माण गरेको छ । उक्त रणनैतिक योजनामा जातिय छुवाछुत तथा भेदभाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणाका सुचक निर्माण गरेको छ भने, जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्नका लागि संचालन गरिने कृयाकलापहरु तयार पारेको थियो ।

कार्यशाला गोष्ठीले नगरपालिकाका १३ वटै वडाको प्रतिनिधित्व हुनेगरि सहभागि भएका सामाजिक अभियान्तालाई जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि भएका संबैधानिक तथा कानुनी व्यवस्थाका बिषयमा तालिम दिईएको थियो । कार्यशाला गोष्ठीमा सामाजिक अभियान्ताका रुपमा जानप्रतिनिधि, पत्रकार, अधिकारकर्मीहरुलाई सहभागि गाराईएको थियो ।

आईतबार देखि मंगलबारसम्म संचालन भएको कार्यशाला गोष्ठीबाट तालिम लिएका सामाजिक अभियान्तहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र नगर प्रमुख चन्द्रप्रकास घर्तीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । तालिम लिएर प्रमाण पत्र प्राप्त गरेका सामाजिक अभियान्ताहरुले जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा अभियानलाई नगरपालिकाका प्रत्येक टोल–टोल, बस्ति–बस्तिसम्म पुर्याउने नगर प्रमुख घर्तीले बिश्वास व्यक्त गरे ।

बिज्ञान र प्रविधीले सुसज्जित २१ औं शताव्दीको युगमा मान्छेले मान्छेलाईनै गरिने छुवाछुत तथा जातिय भेदभाव गैर कानुनी भएको प्रमुख घर्तीले बताए । भेरी नगरपालिकालाई जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने निमित्त प्रमुख प्रशासकी अधिकृत दलबहादुर घर्तीले बताए । नेपाल सरकारले २०६३ साल जेठ ३१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको बताउदै अधिकृत घर्तीले नेपाल सरकारको राष्ट्रिय अभियानलाई सफलिभुत बनाउन भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्न लागेको बताए ।

जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्ने भेरी नगरपालिकाको योजनालाई कार्यन्वयन गर्न नेपाल सरकारका तर्फबाट आफुहरु लागि पर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । तत्कालिन जिल्ला बिकास समिति जाजरकोटको जिल्ला परिषदले आर्थिक बर्ष २०६७÷०६८ को बार्षिक नीति तथा कार्यक्रममा २०७६ सालमा जाजरकोट जिल्लालाई जातिय छुवाछुत तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको जानकारी दिदै जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जिल्लाका सबै पालिका भन्दा पहिला जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्न लागेकोमा भेरी नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गरे । २०७६ सालमा जाजरकोट जिल्लालाई जातिय छुवाछुत तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनैतिक योजनालाई भेरी नगरपालिकाले श्रोतका रुपमा प्रयोग गर्नुपर्ने समन्वय प्रमुख रावलले बताए डिजिटल सञ्चारमा खवर छ ।





error: Content is protected !!