वजेट अभावमा भ्यूटावरको निर्माण कार्य अलपत्र


हेमन्त केसी

काठमाण्डौँ ,  एक सहर एक पहिचानको योजना अनुसार जाजरकोटको मालिका निर्माण हुँने भनिएको भ्यूटावर वजेटको अभावमा निर्माण कार्य अगाडी बढ्न सकेको छैन् ।

जिल्लाको एतिहासिक तथा धार्मीक धरोहर रुपमा स्थापित भेरी नगरपालिकाको मालिकामा बन्ने भनिएको भ्यूटावर डिपिआरको जिम्म लिएको डिलाईड कन्सल्ट ववरमहल काठमाण्डौँले समयमा काम पुरा नगर्दा टावरको रकम फिर्ता भएको थियो । ६ महीन भित्र डिपिआरको प्रतिवेदन दिने सम्झौता गरेर दुई वर्ष पुग्नै लाग्दा प्रतिवेदन दिएपछि टावरको लागि आएको वजेट रु ६५ लाख फिर्ता भएको हो । टावर ५ तलाको निर्माण गर्ने डिपिआर प्रतिवेदनमा उल्लेख छ ।

सहरी विकास कार्यालयले डिपिआरको जम्मा डिलाईड कन्सल्ट ववरमहल काठमाण्डौँलाई दिएको थियो । उक्त डिलाईड कन्सल्टले तोकिएको समयमा काम पुरा नगर्दा भ्यूटावरको लागि आएको वजेट फिर्ता भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । समुन्द्री सहतबाट २ हजार ४ सय मिटर उचाईमा रहेको बडीमालिकामा तीन वटा मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ ।
अहिले सहरी विकास कार्यालयमा भ्यूटावर निर्माणका लागि ७ लाख भन्दा बढी बजेट नभएको बताएको छ । वजेट नहुँदा विस्तृत योजना प्रतिवेदन (डिपिआर) हातमा पुरेपनि काम सुरु गर्न नसकेको नगरप्रमुख घर्तीले बताउनुभयो । सङ्घीय सरकार र प्रदेश सरकारले भ्यूटावर निर्माणका लागि वजेट व्यवस्थापन नगरे सम्म काम अगाडी बढ्ने अवस्था नरहेको उहाँको भनाई छ ।
कालिका , मालिका र मनकामना मन्दिर यही ठाउँमा निर्माण गर्ने नगरप्रमुख घर्तीले बताउनुभयो । त्यस्तै त्यहाँ जानका लागि सडक , वास वस्नका लागि भवन र पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्लाका सवै ठाउँमा सहजै पहुँच राख्न सकिने यस ठाउँबाट कर्णाली प्रदेशका अधिकांश ठाउँहरु समेत अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सजहरुपमा जान र आउनका लागि सदरमुकाम खलंगा , बागखोर हूँदै मालिका सम्म सडक निर्माण गरिने योजना रहेको छ ।
त्यस्तै बाघखोरमा ५ वटा सुविधा यूक्त होटल , मछाईना र मालिकामा हेलिप्याड निर्माण गर्ने योजना रहेको छ । भेर्र्याखर्कमा घरवास कार्यक्रम लागु गरिने उल्लेख छ । मालिकामा सवै संरचान निर्माण गर्नका लागि २५ करोड रकम आवश्यकता पर्ने गुरु योजनामा उल्लेख छ । जिल्लाको पहिचानका साथै पर्यटन प्रर्वद्धनका लागि मुख्य भुमिका खेल्ने बडामालिका निर्माणका लागि वजेट नहुँदा समस्या भएको नगरप्रमुख घर्तीले बताउनुभयो ।
वाईसे , चौविसे राज्य भएको समयमा समेत विशेष महत्व राखेको बडामालिकामा राज्यले लगानी गरी समयमै निर्माण गर्न सके पर्यटन विकासका लागि ठुलो योगदान पुग्ने उद्योग वाणिज्य सँघ , जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । यो टावर निर्माण सँगै भेरी करिडोर सँग जोड्ने योजना रहेको छ ।
जिल्लाका सवै ठाउँमा रहेका टेलिफोनका टावरहरु मात्र नभएर डोल्पा , रुकुम र सल्यानलाई समेत पुग्ने गरी यही ठाउँमा टेलिफोनको मुख्य टावर रहेको छ । चारैतीर रमणीय रहेको यस ठाउँबाट जिल्ला बिभिन्न ठाउँहरु देखिनुका साथै सल्यानको कुमाख , डोल्पा र रुकुम पश्चिमको सिस्ने हिमाल समेत अवलोकन गर्न सकिन्छ ।
बजेटका लागि छलफल जारी मेयर घर्ती
टावर निर्माणका छलफल जारी रहेको मेयर घर्तीले बताउनुभयो । तीन वटा तहका सरकार सँग सहकार्य गरेर काम अगाडी बढेको उहाँले बताउनुभयो ।





error: Content is protected !!