छिन्चु-जाजरकोट सडकमा व्यवसायीको मनपरी, ट्राफिकले सेवक सिकाउँदै

इन्द्र बुढाथोकी सल्यान । छिन्चु जाजरकोट सडक खण्डमा गाडी व्यवसायीहरुको मनपरि भाडा लिने देखि आरक्षण सिटको व्यवस्था अनियमितता गरेको पाएको छ । यस सडकमा दैनिक आवतजावत साना तथा ठुला गरि २ सय भन्दा बढी यातायातका सवारी साधनहरु चल्ने गर्दछन ।

उक्त गाडीहरूमा ट्राफिक प्रहरी द्धारा आरक्षण अपांग, महिला र जेष्ठ नागरिक सिटको व्यवस्था गर्ने लगाए पनि यातायात समितिले आफुलाइ आउने १०% कमिसन लोभमा जथाभावी टिकट काटिदिने र व्यवसायीहरुले त्यसको अटेरी गरेको पाएको छ भने केहिमा गरेपनी कार्यान्वयन नभएको पाइएको छ ।

यस रुडका अधिकांस गाडिहरुमा भाडादर कायम नभएको पाइएको छ । जेष्ठ नागरिक ऎन २०६३ को दफा ९ को उपदफा २ मा सवारी धनी र सचालकले जेष्ठ नागरिकको लागि कम्तीमा दुइटा वटा सिटको सुरक्षीत राख्नु पर्ने र निजहरुलाइ यात्रु भाडादरमा कम्तीमा ५०% छुट दिनु पर्ने व्यवस्था उल्लेख भएको देखिन्छ ।

तर यस क्षेत्रमा त्यो कार्यान्वयन भएको देखिदैन । यता सल्लीबजार ट्राफिक प्रहरी खिम केसिले भने दैनिकी रूपमा आवतजावत गर्ने यातायातका साधनहरुमा चेकजाँचको क्रममा भाडादर र आरक्षणको व्यवस्था गर्ने निर्देशन दिएको बताए ।

उनलेे पहिलो पटक सम्झाइ बुझाइ गरेर पठाउने र दोश्रो पटक पनि अटेरी गरेको पाएमा कार्बाही गर्ने गरेको बताए ।
उनका अनुसार यस क्षेत्रमा पहिलाको भन्दा केही सुधार आएको छ ।

नयाँ ट्राफिक आए सँगै यस क्षेत्रमा रुट परमिट बिनाका अटोहरुले रुट परमिट लिएर चलाउने गरेका छन भने रुटपमिट नलगेका गाडीहरूले जरिवाना तिरेर रुटपरमिट लिएर चलाउने गरेका छन ।

त्यसैगरी पछिल्लो समयमा सल्लीवजारको ट्राफिक व्यवस्थापन पनि राम्रो भएको स्थानीयहरुको भनाई छ । कागजात विहीन र ट्राफिक नियम उलंघन गर्ने जो कोहिलाई पनि ट्राफिक नियम अनुसार कारवाहि गरिएको भेटिन्छ । अहिलेसम्म ३ सय सम्म सवारी साधनहरु कार्वाहीमा परिसकेका छन ।

सानोठुलो सबैमा नियम लागू हुनुपर्छ भन्ने मान्यता राख्ने खेम केसी ट्राफिक सम्बन्धि विभिन्न पुरस्कार हात पारिसकेका छन् । जरिवाना मात्रै काट्ने नभएर चालकलाई सेवक सकाउन तत्पर देखिने केसी यसअघि सदरमुकाम खलंगामा हुँदा थुप्रै काम गरेका थिए ।





error: Content is protected !!