भूमि मिचेको विरोधमा छेडाका यूवाको प्रर्दशन

जाजरकोट । नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै छेडाका यूवाले प्रदर्शन गरेका छन् । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने  माग राख्दै बिहिवार युवाहरुले भारत बिरोधी नारा लगाउदै प्रर्दशन गरेका थिए ।

युवा संघ नेपाल छेडागाडका सरोज जंग शाहीको नेत्रीत्वमा स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको स्थानीय नवराज शाहीले जानकारी दिए । छेडागाडमा रहेका सकृय युवा, विद्यार्थी, उद्योगी व्यवसायीहरुले, विरोध प्रदर्शन गरेको शाहीको भनाई छ ।

Image may contain: 11 people, people standing and outdoor

 

नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ’गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरी प्रदशन गरिएको युवा संघ नेपालका सरोज जंग शाहीले जानकारी दिए ।

 

हाम्रो सीमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएकोले हामीले भारत बिरुद्ध प्रदशन गरेका हौं शाहीको भनाई छ । जब सम्म सरकारले राजनितिक कुटनितिक रुपमा देशको सिमा बिवादबारेमा पहल चाल्दैन हाम्रो आन्दोलन जारी रहने शाहीको जिकिर छ । (भेरीमालिका दैनिक)

 





error: Content is protected !!