स्थानीय तहको प्रतिवेदनले भन्छ ः सवै स्थानीय तहमा विकासले छलाङ्ग मार्दे

हेमन्त केसी

जाजरकोट ,  जिल्लाका सवै स्थानीय तहमा सडकको ट्याक खोलिएको प्रतिवेदन सार्वजानिक भएको छ ।  जिल्ला समन्वय समिति , जाजरकोटले जिल्लाका सवै स्थानीय तहलाई बोलाएर प्रगती विवरण पेश गर्न आग्रह गरेपछि यस्तो प्रतिवेदन सार्वजानिक भएको हो ।

भेरी नगरपालिका ,नलगाड नगरपालिका , छेडागाड नगरपालिका , शिबालय गाउँपालिकामा केही समय अघि सडक पुगेको थियो । स्थानीय सरकार गठन भएदेखि जुनिचाँदे गाउँपालिका, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा सडकको ट्याक औपन भएको हो ।

अहिले स्थानीय सरकार , प्रदेश सरकार र सङ्घीय सरकारको पहलमा गाउँ , गाउँमा सडक सडक निर्माण गर्ने क्रम जारी रहेको छ । कुशे, नलगाड, शिबालय, छेडागाड , भेरीका अधिकांश वडाहरुमा कच्ची सडक निर्माण भई यातायातका साधनहरु सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । निर्माण गरिएका अधिकांश सडकहरु वातावरणीय प्रभाव मुल्याङ्कन नगरी खनिएको पाईएको छ ।

डोजर चालक नै प्राविधिक भएर खनेका अधिकांश सडकहरु ज्यानमारा भएको स्थानीयवासीको भनाई छ। विकासको पहिलो आधार भनेको सडक नै हो भन्दै काम गरेका स्थानीय तहले खोपानी , घोडेटो बाटो र भौतिक पुर्वधारलाई समेत प्राथमिकता दिएको बताएका छन् ।

सडक नपुगको र दुर्गम मानिएको बारेकोट गाउँपालिकामा यसै आर्थिक वर्षमा प्रशासकीय केन्द्र लिम्सामा सडकको ट्याक औपन भएको छ । नलगाड नगरपालिका –६ र बारेकोट गाउँपालिका –८ स्थित नलगाड जलविद्युत आयोजनाको ड्याम स्थलमा मात्र ३ सय मिटर सडक निर्माण भएमा बारेकोटमा यातायातका साधन चल्न सक्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

जिल्लाका अधिकांश ठाउँमा राष्ट्रिय स्तरका सडकहरु जोडिएकाले यहाँ विकासका लागि ठुलो समस्य नभएको सरोकारवालको भनाई छ । शिबालय गाउँपालिकाले वडाका सवै ठाउमा सडक पुगेको बताएको छ । नलगाड नगरपालिकाका अधिकाश सडकमा यातायात सञ्चालन हुँनुका साथै जाजरकोट – डोल्पा सडक ( भेरी करिडोर) भित्र पर्दछ ।

जुनिचाँदे गाउँपालिकामा सडक निर्माण कार्य पनि तिव्र गतीमा भएको अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । कच्ची सडक निर्माण भएका ठाउँमा संघीय सरकार र प्रदेश सरकारले तुरुन्तै पिचको काम अगाडी बढाउनु पर्ने स्थानीय सरकार प्रमुखहरुको माग रहेको छ ।

जिल्लामा सवै ठुलो समस्य भनेको सञ्चारको रहेको औल्याएको छ । फोन सेवा नहुँदा दैनिक काम गर्न मुस्किल भएको स्थानीय तहले बताएका छन् । विप्लव समुहको चन्दा आतंक र कर्मचारी नहुँदा काम गर्न परेको जटिलाका विषयमा समेत चर्को कुरा उठेको छ ।

सवै स्थानीय तहमा वैंक पुगेकोले काम गर्न सहज भएको पनि समिक्षामा प्रगतीको विवरण पेश भएको छ । गाउँ , गाउँमा रहेका सुरक्षा निकायमा दरवन्दी अनुसारका सुरक्षाकर्मी नहुँदा सेवा प्रवाहमा समस्य भएको अर्को विवरण समेत सार्वजानिक भएको छ ।

जिल्लाको भेरी नगरपालिकामा तरकारीको पकेट क्षेत्रका साथै स्पार्ट सिटी , मालिकामा पर्यटन आक्रसित गर्न भियू टावर निर्माण लगाएका काम भईरहेका छन् । त्यस्तै पर्यकिय क्षेत्रको विकासका लागि पदमार्ग निर्माण , वन संरक्षणका लागि विशेष योजना समेत कार्यन्वयनमा ल्याईएको छ नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । नलगाड नगरपालिकामा लसुन ,टिमुर र महको पकेट क्षेत्र घोषणा गरी काम तिव्र रुपमा भएको जानकारी दिईएको छ ।

वन मन्त्रालयको अग्रसरतामा जिल्लाका नलगाड ,बारेकोट , र कुशे गाउँपालिकालाई मिलाएर संरक्षित क्षेत्र बनाउने कार्य तिव्र रुपमा अगाडी बढेको छ । समिक्षा कार्यक्रममा पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तहमा विकास गर्दा प्राकृतिक स्रोत , साधनलाई संरक्षण गरी विकास गर्न आग्रह गनुभयो ।

विकास निर्माण गर्दा योजना प्राथमिकिरण गरी काम गरेमा हामीले देखेको संमृद्धी र विकास टाढा नभएको मन्त्री बस्नेतको भनाई छ । त्यस्तै प्रतिनिधीसभा सदस्य एवं पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले संघीय व्यवस्थाको फाईदा देखिन थालेको बताउनुभयो ।
–––





error: Content is protected !!