आफ्नै आमाको लागि दुलहा खोज्दै युवती, यस्ता राखिन् शर्तहरु

काठमाडौं ः आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ ।

भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाा एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो ।

भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन् । परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिादै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ ।

आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु । उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ ।’





error: Content is protected !!