कविता:रारा!तिमीप्रति

-डा.अच्युतशाली घिमिरे

edf

यो मनको तिमी ढुकढुकीमा बस्छ्यौ
पारि हिमाल देखेर घरि घरि हास्छ्यौँ
भन १ कति अप्र्यौ तिमीलाई गनेर तारा
सम्पूर्णमा तिमी छाइरहन्छ्यौ रारा ।

खै किन कुनामा छ्यौ रु भेट्न म गएँ
पिरतीको अन्तिम प्यास मेट्न म गएँ
छाडेर जे छ पीर व्यथा सारा
मलाई नै पर्खी बस्यौ मेरी प्यारी रारा ।

मुगुको काखैमा तिमी नाची रन्छ्यौ
सुसेली हाल्दै आफ्नो गीत भन्छ्यौ
हेर १ कति छायाहरु तिमीमा पौडिरहेछन्
चिसा बतासहरु तिमीसँगै डौडिरहेछन् ।

जादू त्यो स्वर्गको सुटुक्क चोर्ने हौ कि तिमी उर्वशी
पुग्नै लौ कठिन हुने हौ कि एकान्तकी परदेशी
तिम्रासामु पुग्दा खै किन संसार जिते झैँ लाग्यो
विषादमय यो निद्रा कृत्रिमताको खै कता पो भाग्यो ।

माधुर्य तिम्रो आश्चर्ययुक्त, लामै छ केश
रङ्ग फेर्ने तिम्रो मोहनी, बुझ्दैन यो देश
मादलुको तालमा रोदी तिमी गाउँछ्यौ
छपक्कै भिझाएर सपनीमा आउँछ्यौ ।

लालित्य अधैर्य तिम्रो, छ कौमार्य शक्ति
चढाई कोमल पुष्प गर्छु असिम भक्ति
तिलिचो र फोक्सोण्डो दौतारीमा पर्छन्
तिमलाई भेट्न छिटोछिटो सबै उकालो चढ्छन्

शालीन शैली छ तिम्रो धैर्यमय शान
देखेर तिमलाई हुन्छ उच्च भान
हौ साक्षात देवी तिमी, स्वर्गकी परी
कोटी कोटी प्रणाम तिमीलाई जयजयकार गरी





error: Content is protected !!