चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ ।

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् ।

शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु(याएका छन् ।

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।

मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरेका थिए । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागुहुने उल्लेख गरेका छन्।नयाँ पत्रिका साभार





error: Content is protected !!