दल एकता काम सम्पन्न गर्न वन मन्त्री जाजरकोटमा

जाजरकोट , वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पाटी एकताको वाँकी काम सम्पन्न गर्न जाजरकोट पुग्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को जिल्लाका ७ वटा स्थानीय तह , संघ , संघठनका काम सम्पन्न गर्न उहाँ जाजरकोट आउनुभएको हो ।

लामो समय पछि गृह जिल्ला आएका मन्त्री बस्नेत आए लगत्तै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । अहिले जिल्ला ईञ्चार्ज भैरवसुन्दर श्रेष्ठ , सहईञ्चार्ज रामदिप आचार्य , निरज आचार्य , पाटी अध्यक्ष ढकबीर राना र सचिव करवीर शाही बीच छलफल सुरु भएको छ । भोली एकताको मोडेल तयार भई घोषणा गर्ने कार्यक्रम रहेको छ ।





error: Content is protected !!