ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाउनुपर्ने चुनौती थपिएको छ: नेता नेपाल

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताएका छन् ।

सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सबै ठुला राष्ट्रका आ आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौती भएको बताए । नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ुधेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।

उनले गैह आवासिय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ुचिचि पनि पापा पनिु को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए । उनले भने, ुदुइवटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । चिचि पनि पापा पनि हुदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।ु

नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने बताए ।

विश्वका कतिपय राष्ट्रहरुको उदाहरण दिदै उनले सरकारले गैह्आवासिय नेपालीलाई सम्मान गर्दै मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए ।





error: Content is protected !!