आठ वर्षीय बालकले समाए ३१४ किलो तौलको माछा, तोडियो २२ वर्षको रेकर्ड

काठमाडौं,अस्ट्रेलियाका आठ वर्षीय बालक जेडेन मिल्लौरोले ३ तीन सय १४ किलो तौलको शार्क माछा समातेर रेकर्ड बनाएका छन् । उनी माछा मार्न बुवाका साथ सिड्नी शहरदेखि एक सय ६० किलोमिटर टाढा ुब्राउन माउण्टेनु नजिक पुगेका थिए । उनी ुपोर्ट हैकिङ्ग गेम फिशिङ्ग क्लबुका सदस्य हुन् । सोही क्लबमार्फत उनी उनी माछा मार्न सिक्दै आएका छन् ।

जेडेनका बुवाका अनुसार उनी जिद्धी गरेर माछा मार्न गएका थिए । उनले भने, ुशार्क माछा हाम्रो डुंगा पछि(पछि आउँदै थियो । जब छोराले माछा देखे, तब जाल हानेर समाते ।
त्यसपछि माछालाई डुंगामा राख्न मैले मद्दत गरेँ ।

स्थानीय मिडियाका अनुसार तीन सय १४ किलो तौल भएको माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसे नाम गरेका बालकले सन् १९९७ मा तीन सय १२ किलो तौल भएको टाइगर शार्क माछा समातेका थिए । एजेन्सी





error: Content is protected !!