फोक्सुन्डोमा अल्झिएको मन

नेपालगञ्जको चिया दुकानमा पुग्दा ‘विविधतामा एकता’ देखियो। हिमाली, पहाडी, हिन्दू, मुसलमान, मधेसी सबै त्यहाँ चियाको चुस्की लिँदै थिए। त्यो रात त्यहीँको होटलमा बसियो।

डोल्पा यात्रामा निस्केको दोस्रो दिन सखारै एयरपोर्ट हुइँकियो। विमान उडेको केही समयमै जुफाल एयरपोर्ट पुगियो। हिउँदमा महिनौ सेताम्मे रहने डोल्पाको जुफाल वरपरका डाँडा सेताम्मे थिए।

पर्यटकीय सिजन सकिने बेला भएर होला त्यहाँ थुप्रै पर्यटक भेटिए। ठूलो झोला बोकेका, घाँटीमा क्यामेरा झुन्डाएका विदेशी मौन थिए। जुफाल एकसरो नियालेर डोल्पा सदरमुकाम दुनैतिर झरियो। करिव ४५ मिनेट जिप यात्रामा पुगिँदो रहेछ। ‘हिँडेर ओर्लिदा दुई घन्टा लाग्छ सर’ गुरुजीले जिपको स्टेरिङ घुमाउदै सुनाए।

यात्राको दोस्रो रात दुनैमा बस्ने निधो गरियो। साँझपख दुनै घुम्न होटलको चौथो तलाबाट ओर्लिएँ। डुल्दै जाँदा बुझियो विभिन्न पेशा र व्यवसाय भएका मानिसको साझा थलो रहेछ दुनै बजार। बजारमा किनमेल गर्नेको भीडभाड थियो, दसैं बजारमा जस्तो। आआफ्नै हतारोमा थिए सबै जना।

झमक्कै रात परेपछि एउटा खाट अनि बिग्रेको करकर आवाज आउने टेलिभिजन भएको कोठामा फर्र्किएँ। ज्यान चिसो बन्दै गयो। मनले ‘अलि तातो झोल खा’ भनेझैं लाग्यो।

कस्तो मिठो हौ खाना रु प्रश्न भुइँमा झर्न नपाउँदै होटल मालिकले थपिहाले ‘हो नि भाइ दुनैको पानीमा पकाएको, त्यसै मिठो लाग्छ तराईबाट आउनेलाई। हामी काठमाडौं जाँदा त दुईचार दिन खान जाँगरै चल्दैन।’

मेरो ध्यान गोरेटोमा भन्दा रुखका टुप्पातिर थियो। कतै रुखको हाँगामा बसेर भालु र चितुवा हामीतिर नजर पो लाउँदै छन् कि १
उत्साह बोकेर आयो अर्को बिहानी। अब हिँड्नु पर्छ भन्दै आठ बजे नै होटलको बिल तिरियो। झोला बोकेर लागें सुलिगाडको तिरैतिर। पूर्वमा मुस्ताङ, तिब्बत, पश्चिममा मुुगु, उत्तरमा तिब्बत अनि दक्षिणमा जाजरकोट। काठमाडौंमा हुँदा नाम मात्रै पनि सुन्दा डराउने मन आज चरि बनेर उड्न पाएको छ। नेपालकै सबैभन्दा ठूलो जिल्लाको परिचय बनाउन सफल छ डोल्पा। सुन्दर र शान्त अनि अटल हिमाल मलाई स्वागत गरिरहेथे।

बाटोको अवस्था दयनीय रहेछ। आफ्नै जुत्ता हेरेर मात्र हिँड्नु पर्ने। अलि माथि पुगेपछि माटोले छाएका घर देखिए। आँगनमा खेलिरहेका रातै परेका गाला भएका बच्चाहरू मलाई देख्दा लजाए।

डोल्पा कर्णालीको सबैभन्दा ठूलो जिल्ला। जता हे(यो उतै भिर। तिनै भिरलाई अस्कर मनोनित ‘क्याराभान’मा फ्रान्सेली फिल्म निर्देशक एरिक भालीले कैद गरेका थिए। त्यही भिर जसले क्याराभानका नायक थिन्ले लोन्डुपलाई निल्यो भन्ने खबर पढेको थिएँ। आज आँखा अगाडि देख्दा टाउको भारी भएर पिठ्यूँमा बोकेको झोलालाई अडेस लगाउँदै थचक्क बसे। करिव ७ घण्टाको हिँडाइपछि छेक्पामा पुगें। त्यहाँ खान÷बस्न सुविधा रहेछ। रातिको बास त्यतै भयो।

चौँथो दिन बिहान झोलामा बोकेका पाउरोटी र जाम खाएपछि फेरि उकालो लागियो। डोल्पा डुल्दा साथमा कोही नभए पनि उकालोले साथ छोड्दैन। छेक्पाबाट हिँडेको छ घन्टा जतिमा सुम्दुवा भन्ने ठाउँमा पुगियो। बाटोमा फोक्सुन्डोबाट फर्कदै गरेका पर्यटक र तिनका गाइड पनि भेटिए।

सुनसानमा आफ्नो आवाज पनि चिनेको जस्तै लाग्दो रहेछ एकल यात्रामा। बाटोमा सल्ला र धुपीका रुख भएको पातलो जंगल आउँछ। हिमाली चराको आवाजले मनमोहक बनाए पनि भालु, मृग र हिउँ चितुवा पाइने क्षेत्रमा हिँड्दा मनमा डरले डेरा जमाउँदो रहेछ। मेरो ध्यान गोरेटोमा भन्दा रुखका टुप्पातिर थियो। कतै रुखको हाँगामा बसेर भालु र चितुवा हामीतिर नजर लाउँदै पो छन् कि १ मन न हो बिल आउने भए थाहा हुन्थ्यो कति सोचियो कति १

निकै थकानबीच सुम्दुवामा पुगें। सानो बस्तीमा। त्यहाँ बाटो नजिक विद्यालय रहेछ। नजिकै प्राचीन गुम्बा पनि। गाउँमा भेटिएका दावा शेर्पासँग एकै छिनको परिचय दाइभाइको साइनोमा बदलियो। झोलामा बोकेका दुई प्याकेट चाउचाउ उनको हातमा थमाई दिए। मक्ख परे बुढा। राती अबेरसम्मै डोल्पाका गुम्बाको कथा सुनाए उनले। धो–तराप बस्ती, कुला पासाङ, पावढुङगा, पावरी,शे–गुम्बा, साम्लिङ बोन गुम्बा, गगर लाभ्राङ, रिवोभुम्बा, बोनछोवा गुम्बा, याङजेर गुम्बा धार्मिक धरोहर हुन्। तिनको संरक्षण गर्नु पर्ने औंल्याए उनले।

हिमाली जौको रोटी अनि आलुुको तरकारीको आग्रह स्वीकारें। चामलको भात दसैँमा मात्र खाने नेपालीका कथा पढेको मात्र थिए तर आज आँखाले देख्न पाएँ। हप्तौं लगाएर तिब्बतबाट ल्याइएको खानाको भरमा जीवन गुजार्नेहरू कसरी बस्दा हुन् पहाडमा। दिनभरको थकाइले होला राजधानीबाट पहिलो पटक गाउँ फर्कदाको दिन जस्तै निदाएछु।

दाबा दाइले बिहान नुन चिया खुवाए। यात्राको पाँचौ दिनमा घाम माथि नै आएपछि उनको परिवारसँग छुट्टिनै पर्ने भयो। ‘हाम्रो गाउँमा सुत्केरी हुँदा मात्र चाउचाउ खान पाउँछन’ राति दाबा दाइले बोलेको बोली मनमा खेलाउँदै उकालो चढें।

बाँकी यात्रा अलि अप्ठेरो थियो। उचाइमा स्वाँस्वाँ बढ्यो। धन्न केही भएन। हिमाली मौसम, उकालो बाटो अनि थकान सबैले दुःख दिए पनि मनमोहक दृश्यले यात्रा सुखद् बन्यो।

फोक्सुन्डो ताल ९३६११ मिटर० बाट बगेर आउने पानीले बनाएको फोक्सुन्डो झरनासँगै बनेको इन्देनीले मन औधी रमायो। झरना हेरेर उकालो लागियो। केही समयको हिँडाइपछि रिग्म गाउँमा पुगियो।

रिग्ममा भोटे समुदायको बसोबास छ। रिग्म गाउँमा पर्यटकीय सुविधाका ८ वटा होटल छन्। गाउँबाट काञ्जिरोवा हिमालको दर्शन पाइन्छ। बस्ती छेउको नीलो ताल आँखा सामुन्ने देख्दा हेरिरहन मन लाग्यो। ताल मास्तिर भ्यूपोइन्ट रहेछ। त्यहाँभन्दा माथि उपल्लो डोल्पो जाँदा विदेशीले दश दिनको पाँच सय अमेरिकी डलर तिर्नु पर्दो रहेछ।

उपल्लो डोल्पा मनमोहक छ। त्यहाँ शे–गुम्बा, क्रिष्टल माउन्टेन लगायत सम्पदा छन्। पुथा हिमाल, धौलागिरी, कान्जीरोवा, घ्याकोच्येन हिमताल, मुकोट हिमाल, डाँफेसल, नोर्वुगाङ, शिखर, चुरेन हिमाल लगायत हेर्न लायक चीज छन्। क्रिष्टल माउन्टेनलाई कैलाश पर्वतको भाइका रूपमा पुजिँदो रहेछ।

डोल्पो जैविक विविधताको भण्डार। हिमाली भेकमा यार्चागुन्बु, जटामसी तथा पाँचऔंले जस्ता जडीबुटी पनि पाइन्छ।

स्थानीयहरू दैनिक उपभोग्य सामान तिब्बतबाट ल्याउँछन्। ‘नेपाली भूमि भनेर के गर्नु ज्यान त तिब्बत नपुगी बाँच्दैन’ धेरै डोल्पालीको मुखबाट यस्तै सुनिन्छ। सबै कुरा फोक्सुन्डो किनारमा बसेर बुझ्न सजिलो गराइदिए सोनाम दाइले। त्यहाँ बस्दा काठमाडौै सम्झन मन लागेन तर के गर्नु कर्मभूमि नफर्की नहुने। फर्केर फोक्सुन्डोलाई हेर्दै ओरालो झरिरहें। गुडबाई फोक्सुन्डो १





error: Content is protected !!