सिम्तामा अति विपन्न परिवारलाई सोलार सेट वितरण

इन्द्र बुढाथोकी
सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरेको छ । अती विपन्न घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे वडा न ६ का वडा अध्यक्ष राजेन्द्र सिहले बताएका छन । ६ नम्बर वडा निवासी सीता वादि, कविता महर, तारा कामी, गृम वहादुर वि क, लिलमा वादि, हिमवहादुर वुढा र गाेमा देवि वादि गरि १६ जनालाई मंगलबार अाज नै एक कार्यक्रमका विच ५१ वाटकाे साेलार वितरण गरिएको छ ।
त्यसै गरि गरिविकाे रेखामुनि रहेका अति विपन्नता परिवारकाे नामङकन तथा रेखाङकन गरि गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ साेलार सेट वितरण भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि ले जानकारी दिनु भएको छ । सिम्तामा गरिविकाे रेखामुनि रहेका नागरिकलाई जीवन पद्धति परिवर्तन गरि माथी उठाउने र सिम्ता उज्यालो, सबै वडामा पहुँचमार्ग जनता सङ्ग सिम्तागाउपालिका लगाएत ३ वटा लक्ष्य लिएको सिम्तागाउपालिकाले सबै वडामा विधुत बिस्तारको काम पनि अगाडि बढेको अध्यक्ष केसिले वताएका छन





error: Content is protected !!