यी हुन् सन् २०१९ मा भ्रमणका लागि विश्वकै सुरक्षित सहरहरु

– केले सही सहर बनाउँछ रु संग्राहलयको यात्रा वा तीन चिजहरु ऐतिहासिक स्थलको भ्रमण, स्थानीयको शिष्टचार प्रयास, स्थानीय बारमा साँझ हुने कार्यक्रम

तपाइँको जे मापदण्ड भएपनि एक चिज पक्कै निश्चित हुन्छ, तपाइँ जहाँ सुरक्षित र संरक्षित अनुभव गर्नुहुन्छ, तपाईँ त्यही भ्रमण गर्नुहुन्छ । द इकोनोमिष्ट इन्टिलिजेन्स युनिट २०१९ सेफ सिटीज इन्डेक्स९एससिआइ०ले विश्वका ६० गन्तव्यलाई डिजिटल, स्वाथ्य र पूर्वाधार तथा व्यक्तिगत सुरक्षाको सूचीमा सूचिकृत गरेको छ ।

यसको सबैभन्दा पहिलो सूचीमा जापानको राजधानी टोकियो परेको छ । विश्वकै सबैभन्दा जनघनत्व रहेको यो महानगरले सम्भावित १०० मा ९२ अंक प्राप्त गरेको छ ।

सिंगापुरले ९१।५ अंक ल्याएर दोस्रो स्थानमा अडिग रहेको छ र अर्को जापानिज महानगर ओशाका ९०।९ अंकाका साथ तेस्रो स्थानमा छ । यिनीहरुमा ठूलो परिर्वन आएको छैन । यसभन्दा अगाडि एससिआइले सन् २०१५ र २०१७ मा गरेको तीनमध्ये दुई ‘टप थ्री’ मै रहेका थिए ।

आम्स्टरडमसहित युरोपियन सहरहरु अधिक पर्यटनका कारण उडानहरु व्यस्त छन् । कोपनहेनगन नदीका छेउका सुन्दर घरहरु र शान्त जीवन शैलीका कारण उच्च १० मा परेका छन् । आम्स्टरडम र कोपनहेगन क्रमशः चौथो र आठौंमा परेको छ ।

एकमात्र अमेरिकी सहर वाशिङ्टन डिसी उच्च १० स्थानमा रहीरहन सफल भएको छ । यो वर्ष यो सहर ७ नं स्थानमा परेको छ । सिकागो ११ औं स्थानमा रहेको छ ।

एससिआईको प्रतिवेदनअनुसार पछिल्ला वर्षमा सुरक्षित सहरका विषयमा हाम्रो बुझाई परिवर्तन भएको छ । मानिसको दिमागमा अतंकवाद र जलवायु परिर्वनका मुद्दा बढीरहेको छ । सूचनाकांक तयारीका बेला सहभागी गराएकाहरुले मानव सिर्जित विपत्ति वा प्राकृतिक विपत्तिको सम्हाल्ने जिम्मेवारपूर्ण क्षमता लिएका थिए ।

सहरको लचकता, सहरमा आपतकालिन सेवा उपलब्धतालाई सूचकांकमा राखिएको थियो । यातायात सुविधा, विपद् बिमा, आपतकालिन जोखिम विकास तथा साइबर सुरक्षाको तयारीलाई पनि सहरको सुरक्षा सूचकमा लिइएको थियो ।

डिजीटल सुरक्षामा पनि टोकियोले सबैलाई उछिनेको छ तर पूर्वाधार र तथा व्यक्तिगत सुरक्षामा सिंगापुरले उच्च मान्यता पाएको छ । एससिआइ युनिटका तथा एसिआई २०१९ का प्रतिवेदनका वरिष्ठ सम्पादक नाका कोन्दोले भने, ‘अनुसन्धानले कसरी विभिन्न प्रकारका सुरक्षालाई पूर्णरुपमा सामेल गराउन सकिन्छ भनेर जोड दिएको छ ।’

सन् २०१७ मा ९ नम्बरमा परेको हङकङ यो वर्ष २० औं स्थानमा परेको छ । केही महिनायता यो सहर सरकार विरोधी अन्दोलनका कारण कहिलेकाही तातिँदै आएको छ । यहाँ आउने पर्यटकमा भारी कमी आएको छ ।

प्रतिवेदनका अनुसार सहर सुरक्षित हुन धनी हुनु पर्दैन तर पनि विकासशील मुलुकका सहरहरु सूचीको तलतिर देखिएका छन् । सूचीको अन्तिम ६० स्थानमा नाइजेरियाका लागोस सहर परेको छ । उसले ३८।१ अंकमात्र प्राप्त गरेको छ । त्यसैगरी अन्तिम पाँचमा भेनेजुयलाको काराकास, मान्माको याङ्गुन, पाकिस्तानको कराँची र बंगलादेशको ढाका रहेका छन् ।





error: Content is protected !!