ओइलायो विएको प्रमाण पत्र ,फस्टायो राडीपाखी

कालीबहादुर नेपाली जाजरकाेट । जिल्लाको छेडागाड नगरपालिका ३ का रामप्रसाद शर्माले विए पास गरेका छन । उनले पास गरेका डकुमेन्टहरु बाकसमा सीमित छन् । उनले ५ बर्ष सम्म शिक्षक पेशा पनि गरेका हुन ।

उनले भने,“ मैले राहत कोठामा शिक्षण गरे ,त्यसपछि राहत कोठाको जागिर सकियो, राडीपाखी बन्ने व्यवसायमा लागेको हुँ ।” देशमा केहि गर्न सकिदैन भनेर विदेश भौतारिने यूवाका लागि गतिलो उदाहरण पात्र मात्र होइन शिक्षक पेशा लागेका व्यक्तिका लागि सकिएपछि के गर्ने भन्ने आँट र हौसल दिने व्यक्ति पनि हुन । उनलाई शिक्षण पेशामा आवद्ध हुन ।

विभिन्न ठाउँ बाट फोन पनि आए । तर उनले छोडिसकेको जागिर के गर्नु भनेर शिक्षण पेशा गर्न मानेन्न् । उनले स्थानीय क्षेत्रमा उत्पादन हुने श्रोत र साधन बाट राडीपाखी बुन्ने सीप सिकेका थिए । त्यसलाई सदुपयोग गर्ने आँट आयो । राडीपाखी बुनाई बाट उनले बार्षिक २० लाख कमाउँछन् ।

उनले भने“ राडीपाखी बाट राम्रो कमाई त हुन्छ तर बजार अभावका कारण समस्या हुने गरेको छ । जाजरकोट जिल्लामा यसको खासै सपत हुदैन अन्य जिल्लामा जान निकै समस्या हुन्छ । हामीलाई उत्पादन गरेको बस्तुले मुल्य नपाउँदा निकै समस्या हुने गरेको छ । हामीले स्थानीय सरकार संग यति अपेक्षा गरेको छौँ , बजारको व्यवस्था गरिदिुनुपर्यो ।”

उनी मात्र होइन, छेडागाड नगरपालिका ३ कै मानबहादुर बुढाले पनि राडी बुन्ने र बैच्दै आएका छन् । उनी पनि बार्षिक १० लाख भन्दा कम कमाउँदैनन । उनले पनि कक्षा ११ सम्म पढे । पढेर राम्रो कमाइ नहुने देखेपछि उनले राडीपाखी बन्ने काममा लागे ।

उनले भने “हामी यो पेशामा लागेको धेरै भयो । हामीले मात्र कमाई गरेर भएन नयाँ पुस्ताहरुलाई पनि यो सम्बन्धी तालिम व्यवस्था गरिएको भए । उनीहरुले पनि विदेश जानुभन्दा यहि बसेर काम गर्ने थिए ।” उनले थपे. स्थानीय सरकारले कुनै पनि तालिमको व्यस्था गर्न सकिरहेको छैन । यसले गर्दा हामीलाई समस्या भएको हो ।

बजार अभावले उत्पादन गरिएको वस्तुले बजार नपाउँदा यो व्यवसाय संकटमा पर्ने उनीहरु बताउँछन् । गरे के हुदैन भन्ने उक्तिलाई उनीहरुले सार्थक बनाउँदै लगेका छन । उनीहरुको यो व्यवसाय संकटमा पर्न नदिन स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।





error: Content is protected !!