लाखे नाँच संरक्षणमा जुटे बालबालिका

Image may contain: 7 peopleकालीबहादुर नेपाली

जाजरकाेट ।

जाजरकोटको इतिहास र सामाजिक परम्परासंग जोडिएको लाखे नाँच संरक्षण गर्न बालबालिका जुटेका छन् । पछिल्लो समय लोपउन्मुखमा रहेको लाखे नाँच बचाउन जाजरकोटका स साना भाईबहिनीहरु बुढापाखाहरु संग रमाउँदै लाखे नाँच संरक्षणमा जुटेका हुन  जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफनो मनोरञ्जनका लागि नेवार समुदायहरुवाट लाखे नाँच सुरु गराएका थिए ।

अहिले यो नाँच जिल्लाका सवै समुदायहरुको साझा सम्पति जस्तै भइरहेको वेला लोप हुने अवस्थामा लागेपछि संरक्षणमा जुटेको उनीहरु बताउँछन् । भक्तपुरवाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सरुु गरेको लाखे नाँच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएकोले यसको संरक्षणमा बालबालिका जुट्नु भनेको धेरै राम्रो भएको स्थानीय जनक भडेलले बताए ।Image may contain: 10 people, people standing and crowd

बालबालिकाहरु जानेर होस या नजानेर लाखे नाँचमा रमाउँदै बुढापाखाको सिको गर्दै नाँच संरक्षणमा जुटेका छन् । प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमंगल पर्व मनाउदै यो लाखे नाँच सुरु हुने गर्छ ।

सामाजिक एकता, मेलमिलाप र मनोरन्जन दिनका लागि जिल्ला सदरमुकाम खलंगामा मात्रै देखाइने लाखे नाँच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ नेवार समुदायमा प्रचलित लाखे नाँच जाजरकोटमा निकै लोकप्रिय भएपनि सरोकारवाला र स्थानीय जनताको वेवास्ताले विस्तारै संकटमा पर्न थालेको स्थानीयवासीको गुनासो छ । खासगरि युवा पुस्ताको सक्रियता र चासोको अभावले लाखे नाँच निरन्तर चलिरहेको भएपनि मौलिक वन्न नसकेको सरोकारवालाहरुको गुनासो छ।

विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वको रुपमा रहेको लाखे नाँच पछिल्लो समयमा स्थानीयवासीको वेवास्ताले लोप हुन थालेको जस्तो देखिन्छ। द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंश विचको लडाइको झल्को दिने गरि विभिन्न गतिविधिहरु गर्दै खलंगा वजार क्षेत्रमा लाखे नाँच मनाउने चलन सवैको लागि मनोरन्जनको उत्कृष्ट नमुना भएको पुराना वुढापाकाहरुको भनाइ छ । लाखे नाँचका क्रममा स्थानीय लोक भाका, भेषभुषा र चालचलन एवम रोपाइ जात्रा, घोडे जात्रा,गाइ जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्राहरु देखाउदै समाजका विभिन्न विकृतिहरुमाथि व्यंग प्रहार गर्ने अनि सर्वसाधारणहरुलाइ भरपुर मनोरन्जन दिने गरिन्छ।

Image may contain: 10 people, people standing and crowd

लाखे नाँचको वेला कंशको प्रतीकको रुपमा डरलाग्दो राक्षसी रुप गरेको लाखे र उसका सिपाइका प्रतीकका रुपमा विभिन्न काला सेता र अन्य रंगका मुकुन्डो लगाएका भप्पुहरु र अन्य हास्य पात्रहरुको रमाइला र मनोरन्जनात्मक गतिविधिले स्थानीय वस्ती र वजारहरुमा छुटटै रौनक छाउने गर्छ। भप्पुहरुका विभिन्न रुप र नामहरु पनि स्थानीय वस्तीमा प्रचलित छन्।

टुरे भप्पु, सुरे भप्पु, दारे अर्थात थेप्चे भप्पु लगाएतका भप्पुहरुका नाम केटाकेटी देखि युवा र प्रौढहरु सम्मले रमाइलो मान्दै सम्झिएर उच्चारण गर्छन्। विगतमा स्थानीय नेवार र अन्य समुदायको सामुहिक पहलमा निकै रोचक ढंगले मनाइने लाखे नाँच पछिल्लो चरणमा खल्लो हुदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन।





error: Content is protected !!