मुख्यमन्त्री शाहीको आग्रह ः विकास निर्माणमा अनियमिता भए सिधै सम्पर्क गर्नुहोस

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोटमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएका हुन्।

शुभाराम्भ कार्यक्रम स्थानीयले मुख्यमन्त्री शाहीसँग राखेको जिज्ञासाको उत्तर दिँदै कुनै पनि प्रदेश, जिल्ला वा सरकारी रकमको दुरुपयोग भएको भए त्यसका लागि सिधै मुख्यमन्त्रीसँग गुनासा राख्न आग्रह गरे। ‘तपाईंहरूले कुनै समस्या देखेकामा सिधै मलाई जानकारी दिने गरी कुरा राख्नूहोस’ उनले भने, ‘कुनै पनि सरकारी योजनाको रकम दुरुपयोग भएको पाइएमा खबर गर्नूहोस।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि मुख्यमन्त्रीसँग हाम्रा कुरा कार्यक्रम संचालनमा ल्याएको बताए। ‘हामी समृद्धिको बाटोमा लम्केका छौँ’ उनले भने, ‘समृद्धिको बाटोमा लम्केका कारणले सुशासन नभई समृद्धि आउँदैन। सुशासनका लागि नै हामीले यो कार्यक्रम संचालन गरेका छौँ।’

कार्यक्रममा स्थानीय राजनीतिक दल र स्थानीयले देश विकासका लागि कर्णाली प्रदेश सरकारले नयाँ नयाँ योजना ल्याउन माग गरेका थिए। कर्णाली प्रदेश सरकारले जनताका र समस्या बुझ्नका ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरिएको छ।

आइतबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरे। ‘मुख्यमन्त्रीसँग हाम्रा कुडा’ का लागि पैसा नलाग्ने नम्बर पनि संचालनमा ल्याएको छ। १०९६ नम्बरमा कर्णाली प्रदेश कुनैसुकै नागरिकले मुख्यमन्त्रीसमक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन्।





error: Content is protected !!