टावर निर्माण नगरे तीन महिना भित्र ठेक्का तोड्ने सहमती

हेमन्त केसी
जाजरकोट ,  जाजरकोटमा भारतीय कम्पनीको लापरवाहीका कारण तोकिएको मितिमा निर्माण कार्य हुँन नसकेको मोवाईल टावरहरु तीन महिना भित्र निर्माण गर्न लिखित कागज गराएको छ ।

पटक , पटक म्याद थप्दा पनि निर्माण कार्य नगरेर अलपत्र पारेको भन्दै नेपाल टेलिकमका अधिकारीको रोहवरमा जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले लिखित कागज गराएका हुँन् । जिल्लाका ६ ठाउँमा नमस्ते प्राविधिको मोवाईल टावर निर्माण कार्य सम्पन्न भईसक्ने समयमा सामग्री समेत ढुवानी नहुँदा समस्य हुँदै आएको प्रति प्रदेशसभा सदस्य सिंहले चाँसो देखाउदै लिखित कागज गराउनुभएको हो ।

मजकोट , शेरी, नायकवाडा , डाडागाउँ, सक्ला र पैँक लगाएतका ठाउँमा मिति तोकेरै निर्माण गर्न कम्पनीलाई सहमत गराएको छ । मजकोट र शेरीमा अगस्ट भित्र, नायकवाडामा सेप्टेम्वरको पहिलो हप्ता , डाडागाउँमा सेप्टेम्वर भित्र , सक्ला र पैँकमा जती सक्दो छिटो निर्माण गर्ने  अप्टर ईन्डिय कम्पनीले प्रतिवद्धता जनाएको छ ।

तोकिएको मितिमा टावर निर्माण नगरे ठेक्का सम्झौता तोड्ने र नयाँ ठेक्कामा जाने सहमती समेत भएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो । आफु निर्वाचित भएपछि जिल्लाका सवै ठाउँमा मोवाईल टावर निर्माण गर्ने सिंहको चुनावी घोषणा पत्र भएको भन्दै जसरी नी पुरा गर्ने बताउनुभयो ।

टावर छिटो बनाउ भन्दै ध्यान आक्रषण गराउन गएका प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा काठमाण्डौँमा ववरमहलमा वसेको वैठकमा वाईरलेस सेवा निर्देशनालय निर्देशक सरोजमान सिंह प्रधान , प्रवन्धक मिनु प्रधान , निर्देशक संगिता पहाडी , उप प्रवन्धक अन्नतप्रकास मल्लिक , अप्टर ईन्डिया कम्पनीका व्यवस्थापक भोजराज बढु , सामग्री ढुवानी गर्ने दुर्गेश झाले छिटो टावर सामग्री ढुवानी र निर्माण गर्न सहमती पत्रमा हस्ताक्षर गनुभयो ।

सहमतीमा तोकिएको मिति भित्र निर्माण नगरे ठेक्का रद गरी अर्को वोलपत्र आवह्वान गर्ने सहमती समेत भएको सिंहले जानकारी दिनुभयो । टावरका सामग्री ८ महिना देखि जाजरकोट सदरमुकाम र अन्य ठाउँमा लथालिङ्ग अवस्थामा रहेका छन् । कम्पनीले सस्तो दरमा सामग्री बोकाउन खोजेका कारण सामग्री सम्वन्धित ठाउँमा नपुगेको आरोप लाग्दै आएको छ । टेलिफोन टावर नहुँदा अहिले जाजरकोटका अधिकांश ठाउँमा समस्य हुँदै आएको छ । केही भएका टावरमा समेत घाम नलाग्दा लोडसेडिङ हुँदै नेटवर्क आउने गरेको छ । आकाशमा हेदै घाम लागेमा मात्र टावर आउने कुरामा विश्वस्त भएका जाजरकोटबासीहरु टावर निर्माण र पुरानालाई मर्मत गर्न आग्रह गरेका छन् । पुराना टावरहरु मर्मत नहुँदा समस्य हुँदै आएको छ ।
जिल्ला सदरमुकाम खलङ्गामै मोवाईल टावरले काम नगर्दा स्थानीयवासीहरु हैरान छन् । पटक , पटक सम्वन्धित निकायमा खवर गर्दा पनि सुनुवाई नहुँदा थाकिसकेको भेरी नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत प्रकासकुमार शाहीले बताउनुभयो । नगरपालिका भित्र नै फोन नलाग्दा ५ मिटर बाहिर हिडेर फोन गर्न बाध्य भएको उहाँको भनाई छ ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा रहेको २ वटा टावरहरु १ वर्ष देखि अवरुद्ध भएपनि अहिले सम्म मर्मत नहुँदा स्थानीयवासीहरु सञ्चार सम्पर्कबाट बाहिर रहेका छन् । सम्वन्धित निकायको चरमलापरवाहीका कारण यहाँको सञ्चार सेवा लथालिङ्गएको स्थानीय सरकारले समेत बताएका छन् ।

जिल्लाको छेडागाड नगरपालिकामा फोन गर्नका लागि ३ घण्टा उकालो हिडेर डाडामा आएर फोन गर्नुपर्ने बाध्यता रहेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो । त्यस्तै डोल्पाको मुड्केचुलामा जोड्ने टावर समेत रुकुमको त्रिवेणीमा १ वर्ष देखि अलपत्र पदै आएको छ ।





error: Content is protected !!