आश्चर्यको भण्डार मानव शरीर

मानिसले आश्चर्यका कुराहरू आफ्ना वरिवरिको वातावरणमा खोज्छ । जल, थल र आकाश उसका खोजीका क्षेत्र हुन् । यसमा रहेका हरेक जीवित वा निर्जीव कुरा उसका खोजीका आँखामा पर्दछन्, खोजीका विषय बन्दछन् र आश्चर्यका विषय पनि बन्न जान्छन् । तर, मानिस आफंैले आफ्नो शरीर सबैभन्दा आश्चर्यको खानी हो भन्ने कुरा कमै मात्र जानकारी राखेको हुन्छ । यसैका कारण शरीरमा हुने र देखिने गडबडीलाई उसले अनुमान मात्र गर्छ, पीडामा व्यक्त गर्छ, तर किन यसो भयो भन्ने कुरा थाह पाउँदैन ।
अरू त अरू बालापनपछि युवावस्था र त्यसपछि बृद्धावस्था गुजार्नुपर्छ भन्ने पनि नजरअन्दाज गरिदिन्छ । यो शरीरमा भएका रहस्यमय कुराका कारणले हुने गर्दछन् । तर, यी कुराका बारेमा मानिस आफंैलाई थाह हुँदैन र थाह पाउने चेष्टा पनि कम नै गर्दछ ।मानिसको आँखामा रहेको कार्नियाले आफूलाई आवश्यक पर्ने अक्सिजन शरीरबाट नलिई सिधंै हावाबाट लिनेगर्छ । यसको कारण हो, कोर्नियामा रक्तसञ्चार हुँदैन । यो मात्र मानव शरीरको एक भाग हो, जो शरीरमा भएर पनि शरीर बाहिरको अंगझैं रहेको हुन्छ ।

मानव शरीरमा यति धेरै बोसो हुन्छ कि यदि त्यसबाट साबुन बनाउने हो भने सात कार्टुन साबुन बनाउन पर्याप्त हुन्छ । सबैभन्दा धेरै बोसो रहेका प्राणीमा मानिस पनि पर्दछ । जन्मदेखि मृत्युसम्म पुग्दा मानिसका शरीरमा रहेका ३०० जति हड्डीमध्ये उमेर बढ्दै जाँदा ३०० मध्ये एकेक गरी हराउँदै गएर बुढेसकालमा मर्दासम्म जम्माजम्मी २०६ वटा हड्डी मात्र बाँकी रहन्छन् । अझ यसमा आश्चर्यलाग्दो कुरा त के पनि छ भने बच्चा हुँदा ९४ हड्डी खुट्टामा मात्र हुन्छन् । खुट्टामा शरीरको एक चौथाइ हड्डी हुन्छन् ।
मुटुलाई शरीरको बाहिरतिर झुन्ड्याए पनि यो निरन्तर धड्किइरहन्छ । तर समस्या यति मात्र हो, किटाणुको आक्रमण र संक्रमणले यसलाई छिटो असर गर्दछ । शरीर बाहिर मुटु बचाउन निकै समस्या हुन्छ । दिसा गर्दा मानिसले जति आनन्दले मुख रातो पारेर बिगारेको हुन्छ, त्यसैबेला त्यत्तिकै आनन्द र मजाले पेटले पनि त्यस्तै क्रिया गरिरहेको हुन्छ । त्यसै गरी पानीमा डुब्दा शरीरमा केही अंगहरू पौडनका लागि निकै प्रयास गर्दछन् । ती आफैमा डुब्दा शरीरमाथि पर्ने पानीको चापका कारण स्वचालित झैं क्रियात्मक हुन थाल्दछन् । पानीमा शरीर डुब्दा ती अंगहरूले शरीरमा पानी प्रवेश गर्नसक्ने सबै संभावित अंग र छिद्रहरू बन्द गरिदिन्छन् । मुखबाट भने स्वासप्रस्वास गर्न खोज्ने कारणले मात्र पेटमा पानी पर्न पुगेको हुन्छ ।
शरीरमा कहिलेकाहीं टेराटोमस नाम गरेका ट्युमर सिर्जना हुन सक्छन् । ती शरीरका लागि यति धेरै घातक हुन्छन् कि तिनले वनमा काँढा उम्रिए झैं काँढा उमार्ने र रौंहरू फैलाउने गर्दछन् । अन्तरीक्ष यात्रीहरू अन्तरीक्षमा पुग्दा पृथ्वीको उचाइभन्दा २ इन्च अग्ला भएका हुन्छन् । त्यहाँको गुरुत्व सन्तुलनको वातावरणले त्यसो गराएको हुन्छ ।

मानिसको शरीरमा रहेको सबैभन्दा महŒवपूर्ण र संवेदनशील अंग गिदी अक्सिजन नभए पनि ५ देखि १० मिनेटसम्म जीवित रहेको हुन्छ । मानिस भोको रह्यो र भोकमरी पर्यो भने शरीर त दुब्लाउँछ नै मानिसको गिदीले आफ्नै कोषिकाहरू खान थाल्छ ।
शरीर सुक्नुका साथै गिदी पनि कम हुँदै जान्छ । मानिसले जब आफूलाई मन परेको गीत सुनेर आनन्द लिइरहेको हुन्छ, त्यतिबेला उसको मटुको धड्कन पनि गीतकै लय र तालमा धड्किइरहेको हुन्छ ।
मानिसको सानो आन्द्रा २३ फिट लामो हुन्छ । शरीरमा भएका दुईदुईवटा अंगहरूमध्ये मानिसलाई जीउन चाहिने भनेको एउटा मात्र हो । थप एउटा भनेको विकल्प हो । यसले एकअंग बिग्रिएमा अर्काले काम गर्छ । तर, शरीर यति संवेदनशील हुन्छ कि दुवै अंगहरूलाई समान रुपमा आलोपालो परिचालन र नियमन गरिरहेको हुन्छ ।

एक जना मानिसको शरीरमा रहेका रक्त नलीलाई जोडेर एउटा पाइपजस्तै लामो बनाउँदै लैजाने हो भने एक लाख माइल लामो हुन्छ । मानिस बिहान अलि अग्लो र रातमा अलि केही होचो हुन्छ । मानिसले स्वास लिने र खाने एकैसाथ गर्न सक्दैन । मानिसको बायाँ किड्नी दायाँभन्दा केही अलिकति माथि हुन्छ । मर्दासम्म पनि वृद्धि भइरहने मानिसको अंग भनेको नाक र कान हुन् । गर्भावस्थामा गर्भवतिको गिदी केही खुम्चिएको हुन्छ ।
मानिसको शरीरमा रहेको ताप र एसिड यति शक्तिशाली हुन्छ कि धातु पनि यसले पगालिदिन्छ । भनिन्छ, यदि पेटमा रहेको यो एसिड शरीरका अन्य अंगहरूमा गयो भने तुरन्त ती अंगहरू जलाइदिन्छ । मानिसको शरीरमा कतै न कतै क्यान्सर रहिरहेको हुन्छ र शरीरको प्रतिरोधात्मक शक्तिले यसलाई निस्तेज पारिरहेकै हुन्छ । वनमा आगो लाग्नु र वन फेरि हराभरा हुनु जस्तै यो शरीरको नियमित प्रक्रिया हो ।
मानिसले जीवनभर यतिधेरै परिमाणमा थुक उपयोग गर्दछ, यदि यो सबै जम्मा गरेर राख्ने हो भने एक जनाको मात्र थुक पनि दुई वटा स्वीमिङ पोखरी बराबर हुन्छ ।





error: Content is protected !!