संचारकर्मी केएलले ल्याए सन्देशमूलक तीजगीत

काठमाडौं। नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले सन्देशमूल तीजगीत सार्वजनिक गरेका छन् ।

बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत उनले मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरेका हुन् । पहल नेपालको प्रस्तुती रहेको यस गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सदभाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । चलचित्र लालसलामकी नायिका प्रेमा गैरे सहित यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अंजु बस्नेत सहितका कलाकारहरुले नृत्य गरेका छन् । पीपल चौतारामा खिंचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

संचारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको यस गीतका संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ । मोडल एवं नृत्य प्रशिक्षक रिचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब. थापाले गरेका हुन् ।





error: Content is protected !!