एक शिक्षकको वयान , विद्यार्थीको पीडा यसरी व्यक्त गरे

जयकृष्ण हमाल
बिहान ६ बजे उठ्यो आफ्नो बिहानको नियमित कार्य , घरको कममा सहयोग अझै खेती पातिको समयमा त घर परिवारको लागि खाना पकायो यति काम गर्दैमा घडिको सुइ बिहानको ८ मा पुगि सक्छ ।

हतपत लुगा लगायो हतार हतारमा खाना खाए जस्तो गरि लाग्यो २ घण्टाको ओरलो बाटो बिधालयमा अध्ययन गर्न । ओरालो बाटो प्राय चप्पलको भरमा चिप्लदै , ढुङ्गामा ठोक्किदै कहिले काहीँ १० बज्नु भन्दा ५,७ मिनेट पहिला तर प्राय जसो १० बजेर ५ देखि १० मिनेट गुज्रि सके पछि बिद्यालयमा पुग्यो करिब २ घण्टाको ओरालो बाटोको हिडाइका कारण थकित शरिरका साथ कक्षाको लगभग अन्तिम लाइनको बेन्चमा बस्यो , करिब ९० देखि १०० जना बिद्यार्थीहरु भएको कक्षा कोठा त्यसैमा पनि लगभग अन्तिम लाइनमा बसेको छ न त अगाडि बाट शिक्षकले पढाएको सुनिन्छ , न शिक्षकले बोर्डमा लेखेको देखिन्छ त्यसैमा २ घण्टा ओरालो हिडाइको कारण थकित शरिरले सत् प्रतिशत साथ दिएको छैन । अझै गर्मीको मौसममा त झनै गाह्रो हुन्छ ।

जब जब समय अगाडि बड्दै जान्छ बिहान ७,८ बजे खाएको खाना सकिदै जान्छ अनि भोक र निन्द्राले आक्रमण गर्दै जान्छ । एका तिर थकित शरीर अर्को तिर भोक , निन्द्राको आक्रमण र कक्षा कोठाको अन्तिम लाइनमा बस्नु परेको कारण न त पढाएको सुनिन्छ न लेखेको देखिन्छ यस्तैमा घडिमा दिउसोको १ ः१५ बजि सकेको हुन्छ , मध्यान्तर हुन्छ , मध्यान्तर पछिको कक्षा सुरु भएको धण्टी बज्छ कक्षा शुरु हुन्छ तर यता भने भोकले च्याप्दै जान्छ ४ बजेको घण्टी बजेको थाहा नै हुदैन अगाडिका सबै जना दौडिदै बाहिर निस्के पछि मात्र ४ बजेको थाहा हुन्छ , सबै जना संग बिधालयबाट बाहिर आयो भोकले ज्यादै च्यापेको छ , के खाएर भोक मेटाउने हो ?

यतागयो उता हेर्यो गोजि छाम्यो गोजीमा बिहान आमा सँग झगडा गरेर मागेको २५ रुपैमा मात्र छ नास्ता खान कुनै होटेलमा जाउ भने त्यो २५ रुपैयाले १ कप चिया बाहेक अरु केही आउदैन के खाने के खाने अन्तिममा सधैको झै एउटै उपाए छ रु २५ को
१ पोका वाइवाइ चाउचाउ । सधैको झै १ पोका वाइवाइ किन्यो कुनै ठाउमा बसेर खाउ भने घर जान ढिला हुने त्यसैले हिड्दै खानु नै उपयुक्त उपाय । भोक पनि मर्ने बाटो पनि काटिने १ पोका चाउचाउको खाजा , दिनभरिको पढाइको थकान अनि
करिब करिब ९० डिग्रीको उकालो बाटो हिडाइ घर पुग्दा छिटोमा बेलुकाको ७ बजि सकेको हुन्छ ,करिब २ घण्टाको उकालो बाटो हिडाइको कारण थाकेको शरीर लिएर घर पुग्यो घर बन्द छ नास्ता पाक्नु त परै छ खेती पातिको काम बाट आमा अझै घर आउनु भएको छैन , आमा आउने बेला सम्म खाना पकाउनु पर्ने काम बाकी नै छ । खाना नपकाउ आमा बुवाको हप्काइ खानु पर्ने खाना पकाउ शरिरले साथ दिने अबस्था छैन तै पनि जसरी पनि खाना त पकाउनु नै छ । सकि नसकी शुरु हुन्छ ।
भान्साको काम , भान्साको काम नसकिदै राती भएको थाहा नै हुदैन खाना खादैमा रातिको लगभग ९ बजि सक्छ शरीर हिडाइ र भान्साको कामले गर्दा साह्रै थाकेको छ यस्तो अबस्थामा होमवर्क कति बेला गर्नु ? कति बेला किताब पढ्नु ? आमाले भान्साका भाडा माझेर नसक्दै निन्द्राले छोपी सक्छ बाल्यकालको कलिलो शरीर त्यसैमा पनि बिहान बेलुकाको ओरालो र उकालो हिडाइ अनि भान्साको कामले थकित भएकोले होला यति धेरै निन्द्रा लाग्छ कि बिहान भएको थाहानै हुदैन । बिहान
उठ्यो अनि सधैको झै बिधालय जाने हतार । अझै दलित समुदायको भए हप्तामा कम्तिमा पनि २ दिन आफू भन्दा गह्रौ दाउराको भारी सदरमुकाममा लगेर बिक्री गर्नु पर्ने बाध्यता यस्तैमा शैक्षिक सत्र सकिन्छ , बार्षिक परीक्षा हुन्छ , नतिजा आउँछ तर नतिजामा भने सधैको झै नाम पछाडि हुन्छ अनि शुरु हुन्छ आमा र बुवाको हप्काइ र शिक्षकहरुको थर्काइ ।
यो कुनै काल्पनिक कथा होइन डोल्पाको थाला , तिप्ला , लोचा र ब्यासिगाड बाट सदरमुकाम दुनैमा रहेको सरस्वती माध्यमिक बिद्यालयमा अध्ययन गर्न आउने कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीहरुको वास्तविक कथा हो ।





error: Content is protected !!