संसारलाई कमै थाहा भएका आश्चर्य

एजेन्सी ः आजको विश्वमा कमै थाहा भएका कुराहरू गर्दा पनि आफैमा आश्चर्य लाग्छ । विज्ञान र प्रविधिले संसारलाई यति सानो बनाइदिएको छ कि संसारको कुनै पनि एक कुनामा घटेको घटना अर्को कुनामा क्षणभरमै थाहा हुन्छ । यो विज्ञान र प्रविधिको कमालको कुरा हो । तर, पनि केही कुरा भने यस्ता छन्, जो संसारलाई केही थोरै मात्र जानकारी छ । यसमा निम्न कुराहरू पर्छन्

नाउरु सहरमा यति धेरै मानिस बस्छन् कि उनीहरूको बसाइ कमिलाको जस्तो देखिन्छ । मानिसहरू हिँड्दा उनीहरूको वरपर र पैतलामुनिको जमिन नै देखिँदैन । जनसंख्याशास्त्रीहरूका अनुसार त्यहाँको जनसंख्या आवश्यक जनसंख्याभन्दा ९५ प्रतिशतले बढी छ । त्यसैगरी, वैश्विक जलवायु परिवर्तनसँगै पृथ्वीको सबैभन्दा बढी खतराको घेरामा परेको जमिनको भाग भनेको प्रशान्त महासागरमा रहेका मार्सल द्वीप समूह हो । यो द्वीपसमूह डुब्न केही सेन्टिमिटर पानीको उचाइ बढे मात्र काफी हुनेछ ।

सान मारिनो भन्ने देश विश्वको सबैभन्दा पुरानो देश हो । यो देश ईसापूर्व ३०१ देखि हालसम्म अस्तित्वमा छ । यहाँ जनसंख्याभन्दा धेरै मोटरगाडी छन् । बाटो पनि यति धेरै छन् कि यो आफैंमा आश्चर्यलाग्दो छ ।

बेलायतका राजकुमार फिलिपलाई भानुआटुका याहोनानेन गाउँमा बस्ने समर्थक तथा शुभ चिन्तकहरूले भगवान्का रूपमा पुजा गर्छन् । उनीहरूले राजकुमारलाई देवताको अवतारका रूपमा लिन्छन् र आफूहरूलाई एक स्वर्गीय राज्यर्मा ती राजकुमारले लैजाने विश्वास गर्छन् ।

फ्रान्सको पोलिनेसिया र साउदी अरबको मक्का ठीकविपरीत ध्रुव ९एन्टिपोड० मा रहेका स्थान मानिन्छन् । यस अर्थमा मक्काका मानिस पोलिनेसियनको अनुहारमाथि टेक्दै र पोलिनेसियन मक्काका मानिसको अनुहारमाथि टेक्दै हिँडिरहेको मानिन्छ ।

एकै देशमा सबैभन्दा बढी भाषा बोलिने देश पपुआ न्युगिनी हो । यो देशमा ८ सय १ थरीका भाषा बोलिन्छन् । तीमध्ये ८ सय ३९ भाषाहरू अझै व्यावहारिक बोलचालका भाषाका रूपमा जीवित छन् । अरु १२ वटा भने लोप हुने अवस्थामा छन् । तर, आश्चर्यको कुरा के छ भने अंग्रेजी भाषा त्यहाँको सरकारी भाषा बनाइएको छ । अंग्रेजी भाषा बढीमा २ प्रतिशत जनताले मात्र बोल्न सिकेका छन् ।

सान मारिनो भन्ने देश विश्वको सबैभन्दा पुरानो देश हो । यो देश ईसापूर्व ३०१ देखि हालसम्म अस्तित्वमा छ । यहाँ जनसंख्याभन्दा धेरै मोटरगाडी छन् । बाटो पनि यति धेरै छन् कि यो आफैंमा आश्चर्यलाग्दो छ ।

नाइजर विश्वको सबैभन्दा बढी युवा जनसंख्या भएको देश हो । युवाहरूको जनसंख्या कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी छ । तर, जर्मनी र जापानमा भने युवाको जनसंख्या केवल १३ प्रतिशत मात्र छ । त्यसैगरी कारीबाती नाम गरेको देश भूमध्य रेखामा रहेर पनि यसलाई उत्तर तथा दक्षिणी गोलाद्र्धसम्म पहुँचका कारण चार गोलाद्र्धमा फैलिएको देशका रूपमा लिइन्छ ।

फिजी भारतबाहेक हिन्दी भाषा राष्ट्रिय भाषाका रूपमा स्वीकार गरिएको देश हो । स्थानीय फिजीवासीहरू ५४ प्रतिशतसम्म छन् तर ४६ प्रतिशत भारतीय मूलका मानिसले त्यहाँका स्थानीयमाथि शासन गरिरहेका छन् । त्यहाँ रहेका भारतीय कामदारलाई इन्डो–फिजियन भनिन्छ । अर्को थप आश्चर्य भनेको सिंगो अफ्रिका युरोपियहरूले शासन गर्दा पनि लिबिया र इथियोपियामा उपनिवेश कायम गरिएन ।

भुटान संसारमा सबैभन्दा बढी खुसी रहेको देश मानिन्छ । जनसंख्याको हिसाबले कूल गार्हस्थ्य उत्पादनमा निकै कमी भए पनि त्यहाँका जनता विश्वमा सबैभन्दा बढी खुुसी पाइएको छ । भुटानमा रहेको अर्को आश्चर्य भनेको त्यहाँका जनता घरमा निकै चित्रहरू कोर्ने र कलाकृतिमा रमाउँछन् ।

नाइजर संसारमा सबैभन्दा बढी युवाहरूको जनसंख्या भएको देश हो । सन् २०१३ मा नाइजरको आधा जनसंख्या अर्थात ५०। ९ प्रतिशत १४ वर्षभन्दा कम उमेरका थिए । यता, जापान र जर्मनीको अवस्था यसको ठीक उल्टो छ । जहाँको मात्र १३ प्रतिशत जनसंख्या १४ वर्षभन्दा मुनिका बालबालिकाको छ । विश्वमा २२ वटा देशमा सेना नै छैनन् । ती सबै समुद्रका टापु देशहरू हुन् । तर, सबैभन्दा सानो देश भेटिकन सिटीमा भने सेना छ । लेसोथो, सान मारिनो र भेटिकन सिटी एउटै देशबाट चारैतिरको सिमाना घेरिएर भूपरिवेष्ठित भए पनि सार्वभौम मुलुक हुन् । लेसोथोको सिमाना चारैतिर दक्षिण अफ्रिकाले घेरिएको छ भने सान मारिनो र भेटिकन सिटी इटालीको बीचमा छन् ।

ग्रिनल्यान्डमा फुटबल मन पराइन्छ । तर, यो देश विश्व फुटबल महासंघ फिफाको सदस्य बन्न सक्दैन । किनकि, यहाँको चरम मौसमी अवस्थाका कारण यहाँ घाँस उम्रिन सक्दैन । सन् २००६ मा विश्वकप छनोटमा सहभागी हुन अनुमति दिएकोमा दुवै खेलमा पराजय भोगेको थियो ।

प्रशान्त महासागरमा रहेको मार्सल टापु संसारकै सबैभन्दा लोप हुन लागेको टापु हो । जलवायु परिवर्तनका कारण यहाँ सबैभन्दा बढी बाढीको खतरा छ ।
किरिबाटी संसारको एउटा मात्र त्यस्तो देश हो, जुन पृथ्वीका चारवटै गोलाद्र्धमा फैलिएको छ । जुन भूमध्य रेखा र पूर्वी र पश्चिमी दुवै गोलार्धमा पर्छ । १ जनवरी २००० मा तेस्रो सहस्राब्दी देख्ने पहिलो देश पनि थियो ।

कोमोरोस अफ्रिकी संघ, फ्रान्कोफोनी, इस्लामिक सहयोग संगठन, अरब लिग र हिन्द महासागर आयोगको सदस्यता भएको एक मात्र राज्य हो । यसको राष्ट्रिय पहिचानलाई लिएर नै कहिलेकाहीँ अलमलमा परिन्छ ।





error: Content is protected !!