जीवन उपयोगी शिक्षा नै अहिलेका मुल आधार पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री पहाडी

सुकमाया थापा

डोल्पा ः पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधीसभा सदस्य सत्य पहाडीले शिक्षा जीवन उपयोगी हुनुपर्ने बताउनुभयो ।

जिल्लाको त्रिपुरासुन्दरी ९ चँु मा जनप्रिय माविको पढाई मेला कार्यक्रमलाई सम्वोधन गदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साथी दौतरी शिक्षाका सूचक पुरा गर्ने अभियानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । शिक्षाको गुणस्तर भएमा मात्र आमुल परिवर्तन हुँने बताउनुभयो । शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्नका लागि सरोकारवाला निकाय एक जुट भएर गती दिनुपर्ने बताउनुभयो ।

राष्टिय प्राराभिक कक्षाले विद्यालय विद्यार्थीको उपस्थिती दर बढाएको सहभागीले जानेड दिएको बताएका छन् । विद्यालय उमेरका बालबालिकालाई शैक्षिक गुर्णस्तर सुर्धान र टिकाउन पढाई मेलाले सघाउ पुगेको सहभागीको निष्कर्ष रहेको छ ।





error: Content is protected !!