हप्ता दिन सम्म निकासा नहुँदा उपभोक्ता हैरान

हेमन्त केसी
जाजरकोट , बारेकोट गाउँपालिका – ८ का हरीबहादुर खत्री सदरमुकाम खलङ्गा आएको आज ७ दिन भयो । उहाँ सँगै एउटै वृहतखानेपानी उपभोक्ता समितिका अन्य ३ जना सदरमुकाम स्थित लभकुश होटलमा बस्दै आएका छन् ।

योजना सम्पन्न गरी भुक्तानीका लागि जिल्ला सदरमुकाममा आएको लामो समय सम्म काम नहुँदा उपभोक्ताहरु हैरान भएको उनीहरुको भनाई छ । त्यस्तै बारेकोट गाउँपालिका –५ का पृथीबहादुर सिंह सदरमुकाम आएको पनि हप्ता दिन वित्न लाग्यो , तर काम नहुँदा उहाँ पनि समस्य हुनुहुन्छ । बारेकोटबाट सदरमुकाम आउँन र जाँन मात्र तीन दिन लाग्ने गर्दछ ।

अगाडी काम नगर्ने तर असार आएपछि मात्र काम गर्ने , अगाडी गरिएका कामको प्राविधिक गएर निर्माण स्थलको अध्यायन नगर्दा उपभोक्ताहरु सदरमुकाममा उपभोक्ताहरु हजारौ खर्च गरेर बस्न बाध्य रहेका छन् । त्यस्तै कुशे गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाममा पनि अहिले उपभोक्ताको लाईन रहेको छ ।

दर्जनौ उपभोक्ता समितिहरु विकास निर्माणको कामगज मिलाउदै रकम निकासाका लागि सदरमुकाम स्थित कार्यालयमा काममा व्यवस्त देखिन्छन् । गाउँमा काम गरेर सदरमुकामबाट भुक्तानी तथा कागज मिलाउने तरिकाले गर्दा उपभोक्ताहरु हैरान भएका हुँन् । कुशे , बारेकोट र जुनिचाँदे गाउँपालिकाको काम सदरमुकाम हुँदा सदरमुकामका होटलहरु भरीभराउ भएका छन् ।

बैंकमा समेत उपभोक्ताको भिड देखिन्छ । १ लाख देखि करोड सम्मका योजनाको सदरमुकामबाट भुक्तानी दिदा उपभोक्ताको भिड लागेको हो । १ लाखको योजनाको समेत सदरमुकाममा भुक्तानी लिन ३ जना आउने र काम ७ दिन सम्म नहुँदा अधिकांश रकम होटलमा वास , खासमै सकिने गरिने उपभोक्ताहरु बताउँछन् । गाउँमा बैंक स्थापना भएर सेवा प्रवाह भएको भए खर्च कम हुँने उपभोक्ताको भनाई छ ।

अधिकांश योजनाको सम्झौतोका काम नगरी मौखीम रुपमा भनेको आधारमा काम गर्दा अहिले भुक्तानी दिन समेत समस्य परेको छ । जनप्रतिनिधीको आदेशमा मौखिममा काम भयो तर सम्झौता भएन अहिले सम्झौता नगरेको योजनाको कसरी भुक्तानी दिने भनि कर्मचारीले नमान्दा समस्य भएको उपभोक्ताहरुको गुनासो छ । असुरक्षा भएको भन्दै सदरमुकाममा कार्यालय सञ्चालन गरेका तीन वटा स्थानीय तह मध्य बारेकोट र कुशे गाउँपालिकामा प्रहरी चौकी र बैंक स्थापना भईसकेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

काम सवै असारमा गर्ने , अनुगमण समेत असारमै गर्दा उपभोक्ताले हैरानी व्याहोदै आएका छन् । साना , साना दुधे बालबालिका बोकेर सदरमुकामका भुक्तानी लिन आउँदा तनाव भएको जुनिचाँदे गाउँपालिका जुनिकी शारदा घर्तीले बताउनुभयो । केन्द्रको विवादका कारण जुनिचाँदे गाउँपालिकाको कार्यालय सदमकाममा रहेको छ ।

अहिले गाउँ , गाउँमा खोलाहरु बढेका छन् , कामको चटारो त्यतिकै छ , सदरमुकाम आएर विकास निर्माणकै पैसाबाट बस्नुपर्ने बाध्यता भएकाले भोली हिसाव नमिल्ने चुनौती थपिएको कुशे गाउँपालिका – ५ का परिमल बस्नेतले बताए । हप्ता दिन अघि छेडागाड नगरपालिकामा कर्मचारी र उपभोक्ता समिति बीच कामकै विषयमा विवाद हुँदा कार्यकक्षमा कुटाकुट सम्म भएको थियो । प्रत्यक योजनाबाट ५ प्रतिशत रकम विप्लव समुहले जनसरकारलाई चन्दा बुझाउन उर्दी जारी गरेपछि झन समस्य थपिएको नलगाड नगरपालिका – ८ का पुर्व नेपाली कांग्रेसका सभापती तिलक खत्रीले बताए ।

रकम नदिएको भन्दै विप्लव समुहका कार्यक्रताले नलगाड नगरपालिका – ८ मा भक्तबहादुर खत्रीलाई कुटपिट समेत गरेका छन् । उपभोक्ता समिति सँग अघेल्लो वर्षको रकम समेत ५ प्रतिशतका हिसावले चन्दा उठाउने गरेको उनले बताए । सदरमुकामबाट लाखै रकम गाउँमा लिदा सुरक्षा समेत नभएको उपभोक्ताले बताएका छन् । प्रत्येक योजनाबाट तोकेरै चन्दा माग्दा असुरक्षा महसुस भएको उपभोक्ता समितिले बताएका छन् । हेमन्त केसी





error: Content is protected !!