बालबालिकालाई कुपोषण हुन नदिन

कुपोषण हुन नदिन बालबालिकालाई पर्याप्त स्तनपान गराउन जरुरी छ । स्तनपानले साना बच्चाको पोषणमा ठूलो सहयोग पुयाउँछ ।

राम्रोसँग बच्चाको हेरचाह गर्नुपर्छ । नियमित रूपमा ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ ।

समय–समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउन आवश्यक छ । कुपोषण सुरुवाती चरणमै भएमा पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ ।

कुपोषणको अवस्था जटिल देखिएमा अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । शरीरलाई आवश्यक तत्व परिपूर्ति गराउन करिब एक हप्ता अस्पताल राख्न अनिवार्य छ । त्यसपश्चात् चिकित्सकको सल्लाहबमोजिम विशेष किसिमको खाना खुवाएर उपचार गर्न सकिन्छ । बिस्तारै बच्चाको तौल बढ्दै गएमा, सजिलै खेल्न थालेमा घर पठाउन सकिन्छ ।





error: Content is protected !!