एक सय परिवारलाई सौर्य बत्ती वितरण

जाजरकोट ः यहाँको नलगाड नगरपालिका – १ का एक सय घरपरिवारलाई सौर्य उर्जा वितरण गरिएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा वडा १ का विद्युतिकरण नभएका र सौर्य उर्जा खरिद गर्न नसक्ने स्थानीयवासी लाई सोलार बत्ती उपलव्ध गराएको वडा अध्यक्ष हिरालाल पुनले बताए । २१ वाटको सोलार प्रति घरधुरीलाई वितरण गरिएको अध्यक्ष पुनले बताए ।
आर्थिक रुपमा बिपन्न र असाह्य व्यक्तिलाई लक्षित गरेर सोलार बत्ती वितरण गरिएको उहाँको भनाई छ । सौर्य बत्ती पाएपछि आफुहरु निकै खुसी भएको स्थानीय भद्रबहादुर पुनले बताए ।