राजदूत सुन्दासद्धारा पत्र हस्तान्तरण

काठमाडौँ। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रेप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनल  संग नेपालको पर्यटन विकास बारे छलफल गर्नुभएको छ ।

दई देशको पार्लियामेण्ट बिचको सम्वन्ध थप उचाईमा पु¥याउनका लागि संघीय संसद सचिवालयबाट पठाईएको नेपालीतर्फको प्रस्तावित सांसदहरुको नामावलि सहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधवार नेपालमा महिलाहरुको नेतृत्व र विकासका सम्वन्धमा एंव द्धिपक्षीय सम्वन्धका विविध विषयमा छलफल भएको मनामास्थित दूतावासले जनाएको छ । दई देशको पार्लियामेण्ट बिचको सम्वन्ध थप उचाईमा पु¥याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराईन फ्रेण्डसिप ग्रुप समेत निर्माण गर्नुभएको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोही अवसरमा रेप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराईन फ्रेण्डसिप ग्रुप को प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराईन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताउनुभयो । उहाँले नेपाल र बहराइनबीचको सम्वन्ध थप उचाईमा पु¥याउनका लागि राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो । भेटका क्रमा काउन्सिल अफ रेप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उप नियोग प्रमुख खग राज पाण्डेको सहभागिता रहेको थियो ।