जाजरकोटका २६ हजार बालबालिकालाई सरफाईका सामग्री वितरण

जाजरकोट , यहाँका २०२ वटा विद्यालयमा अध्यान गर्ने करिव २६ हजार बालबालिकालाई सरसफाई सामग्री वितरण गरिएको छ ।

विद्यार्थीलाई सावुन, भाडामाझ्ने सावन, सावुन दानी वितरण गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका जाजरकोट प्रमुख चेतबहादुर बमले जानकारी दिनुभयो ।

दिवा खाजा कार्यक्रम लागु भएका विद्यालयमा मात्र यो सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई सरसफाई युक्त बनाउन लागि यो कार्य गरिएको हो ।





error: Content is protected !!