बादी समुदायको पेशा परिवर्तन तर्फ जोड गराउदै स्थानीय सरकार

कविता शाही
जाजरकोट ः माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।
दल्ली स्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मादै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अव उद्यमशिल भएर आत्म निर्भर बन्न तर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । १ महीनाको लामो होजियारी तालिम लिएर यहाँका बादी समुदायहरु अहिले माछा मार्ने पेशा छोड्दै उनीको कपडा निर्माण , झोला निर्माण गरी आत्म निर्भरता तर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।
सधै विहान देखि बेलुका सम्म माछा मार्ने ( पासा, जाल ) सामग्री बुन्दै आएका यहाँका महिलाहरु अहिले सियो , धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुँने गरेका छन् । अव हामी सिप सिकेर आफै आत्म निर्भर बन्नु पर्छ ,सधै अर्काको भरमा पर्नु हुँदै भन्ने चेतना समेत विकास भएको नलगाड नगरपालिका – ७ की निर्मला बादीले बताउनुभयो । उहाँले भन्नुभयो , “ नगरपालिकाको सहयोग र घरेलु साना उद्योग विकास समितिले सहयोग गरेपछि हामी सिप सिकेर नयाँ सिप सिकेर उद्यमी बन्ने बाटो तीर गएका छौँ ।”
त्यस्तै अर्की लक्ष्मी बादी आज भोली आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लाग्नुभएको छ । उहाँले पहिलो चरणमा निर्माण गरेका कपडाहरु नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीहरुलाई हस्तान्तरण गरेका छन् । नगरपालिका र घरेलुले संयुक्त रुपमा सहयोग गरी यहाँका १० घर बादी समुदायका महिलाहरु अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भुमिका बादीले बताउनुभयो । अर्को पेशा गर्ने ईच्छा हुँदा , हुँदै पनि आर्थिक नहुँदा दैनिक माछा मार्न काम गरिरहेका थियौँ , त्यही माछा पनि बैशाख १ गते देखि नगरपालिकाले मार्न नदिएपछि हामी निरास भएको थियौ , अव होजियारीको तालिम र सामान पाएका छौँ । अव ठुक्क सँग पेशा वदल्छौ ।”
अहिले जलचरप्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिवन्ध लगाएको छ । माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालिम दिएर पेशा बदल्न तर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताउनुभयो । होजियारी सँगै नगरपालिकाले मादल र लोपोन्मुख वाजाहरु निर्माण गर्न र त्यसको लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता जनाएको तिलले बताउनुभयो ।
मंगलबार नगरप्रमुख रावलले कार्यालयमा बोलाएर जीवनयापन र व्यवसाय राम्रो बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने भन्दै जथाभावी विगतका दिनमा वरालिएर हिड्ने कार्य अव बन्द गर्नुपर्ने बताउनुभयो । तपाईहरुको पीडामा नगर मलम लगाउन तयार छ , तर व्यवस्थीत तरिकाले व्यवसाय गरी आत्म निर्भर बन्न मेहनत गर्नुपर्र्यो नगरप्रमुख रावलले बताउनुभयो । उत्ता घरेलु विकास समिति समितिका उद्योग अधिकृत चेतनाथ घिमिरेले वादी समुदायको विकास र स्थात्वका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
प्रस्ताव ल्याएर आउनुहोस हामी सहयोग गर्न तयार छौँ , उहाँले थप्नुभयो । जाजरकोटका नलगाड , कुशे गाउँपालिका लगाएका ठाउँमा बादी समुदायको अस्थायी बसोवास रहदै आएको छ । अवसर पाए जसले पनि काम गरेर देखाउने बादी समुदायको भनाई छ । अर्थ अभावले रोकिएका हाम्रा कामहरु अव सुरु हुँने उनीहरुको भनाई छ ।
आउँदो हरीतालिमा तिज र दशैलाई लक्षित गरेर मादल र अन्य वाजाहरु निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अव व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् ।





error: Content is protected !!