इच्छा भए उमेरले रोक्दैन

अञ्जु कार्की
‘खाने मुखलाई जुँगाले छेक्दैन, इच्छाभए उमेरले रोक्दैन’ भन्ने उखानलाई चरितार्थ गर्दै पाँच दशकको हाराहारीमा उमेर पुगेकी करिष्मा यस वर्षको एसइई परीक्षामा सामेल भएकी थिइन । ३० वर्षदेखि छुटेको आफ्नो पढाइलाई निरन्तरता दिन चार वर्षअघि कक्षा ७ मा भर्ना भएदेखि नै उनको चर्चा चुलिएको थियो

विगतमा एसएलसी–एसइई परीक्षाको नजिता प्रकाशित हुनासाथ सर्वाधिक नम्बर ल्याउनेहरू मिडियामा छाँउथे । उनीहरूको फोटो सामाजिक सञ्जालमा भाइरल हुन्थ्यो । तर, यसपटक भने ¥यांकिङमा धेरै तल रहेकी परीक्षार्थी करिष्मा मानन्धर मिडियामा भाइरल बनिरहेकी छिन् । ४ लाख ५० हजार भन्दा बढी परीक्षार्थीमध्ये ए प्लस र ए ल्याउनेहरूको संख्या ७२ हजार छ ।

तर, करिष्मा मानन्धरले बि प्लस ल्याएकी छिन् । र्यांकिङको हिसाबले यो ज्यादै तल हो । अर्थात्, प्राप्त अंकका आधारमा उनको र्यांकिङ १ लाख भन्दा तलै होला । तर, चर्चा भने सर्वाधिक अंक ल्याउने पहिलो र्यांकिङका परीक्षार्थीले भन्दा उनले बढी बटुलेकी छिन् । उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

‘खाने मुखलाई जुँगाले छेक्दैन, इच्छा भए उमेरले रोक्दैन’ भन्ने उखानलाई चरितार्थ गर्दै पाँच दशकको हाराहारीमा उमेर पुगेकी करिष्मा यस वर्षको एसइई परीक्षामा सामेल भएकी थिइन । ३० वर्षदेखि छुटेको आफ्नो पढाइलाई निरन्तरता दिन चार वर्ष अघि कक्षा ७ मा भर्ना भएदेखि नै उनको चर्चा चुलिएको थियो ।

५० वर्ष पनि पुगेकी छैनन् । ७० वर्षको उमेरकाले समेत एसएलसी परीक्ष दिएको समाचार आइरहेका छन् । तर, सार्वजनिक व्यक्तित्व बनाइसकेका कारण करिष्माको यो संघर्ष, मिहेनत र साहसले धेरैलाई प्रेरणा दिन्छ । ४०– ५० वर्षको उमेरमा स्कुल पढ्न थाल्ने गृहणीहरूको संख्या मुलुकमा धेरै भइसकेको छ । यसको प्रचार खासै भइरकेको छैन । तर, करिश्मा यस्ती पात्र हुन् उनले नचाहँदा नचाहँदै पनि उनका हरेक क्रियाकलाप आमजनताका लागि चासोका विषय हुन्छन् । पढाइ छाडेको करिब ३० वर्षपछि कक्षा ७ मा भर्ना भएर निरन्तर पढ्दै एसइई पास गरेको करिष्माको जीवन कथा हरेक नेपालीका निम्ति प्रेरणदायी हुन्छ । महीलाका लागि धेरै नै प्रेरणादयी हुन्छ ।

पढाइ स्थगित गर्नुपर्ने बाध्यता आमनेपाली महिलाको हो । थोरै भाग्यमानी महिलाले मात्रै पढाइ पूरा गर्ने अवसर पाएका हुन्छन् । छोरीको विवाह छिटो गरिदिने प्रचलन छ । अधिकांश महिलाको पढाइ विवाहपछि छुट्छ । घरपरिवार समझदार भयो भने विवाह पछि पनि कोही कोही महिलाले पढाइलाई निरन्तरता दिने अवसर पाउँछन् तर, छोराछोरी भइसकेपछि त चाहेर पनि पढाइलाई निरन्तरता दिन सम्भव हुन्न । छोरा–छोरी हुर्केपछि उमेरले पनि डाँडो काट्छ अर्थात् पढेर जागिर खाने सम्भावना रहँदैन । जब जागिर खाने सम्भावना छैन भने किन पढ्नु रु भन्ने मानसिकता पनि त्यतिकै छ । पढ्ने भनेको जागिर खानकै लागि हो भन्ने मानसिकता समाजमा व्याप्त भएकोले पनि महिला पछि परेका हुन् । यो मानसिकता प्रगतिका लागि घातक रहेको यस्तो मानसिकता चिर्नका लागि अभियान नै सुरु गर्नुपर्ने देखिएको छ ।

हुन त पढाइले मात्रै ज्ञान आर्जन हुन्छ भन्ने होइन । नपढेका मान्छे पनि ज्ञानी छन्, पढेका मान्छे पनि मुर्ख छन् । पढाइले ज्ञान र अनुभवलाई व्यवस्थित गर्छ । लुकेर रहेको प्रतिभालाई उजागर गर्छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदले ४० वर्षको उमेरमा पढाइ सुरु गरेका थिए । ४५ वर्षको उमेरमा उनले कुरान लेखे । उनले उमेर पुगिहाल्यो भन्दै पढाइ सुरु गर्न निच मारेको भए कुरान नआउन पनि सक्थ्यो । टाढाको उदाहरण किन रु २५ वर्षको उमेरसम्म अर्काको घरमा हली बनेर बसेका काले राई दरबानी काम गर्न बनारस गए । त्यहाँ उनले पढ्ने अवसर पाए । उनले वेदजस्तो कठिन मानिने ग्रन्थमा विद्यावारिधि गरे । उनी डा। स्वामी प्रपन्नाचार्यका रूपमा उनले ख्याति कमाए । उमेरले डाँडो काट्यो भन्दै पढाइमा काले राईले निच मारेको भए आज वेदमा के छ रु भन्ने कुरा नेपाली भाषा मात्रै बुझ्नेहरूले थाहा पाउने थिएनन् ।

वर्तमानमा खानेकुराका लागि सबैभन्दा प्रसिद्ध तथा सबैभन्दा ठूलो सञ्जाल विश्वमा कुनै छ भने केएफसी छ । जसका साखाहरू विश्वका प्राय सबै देशमा छन् । करिब २० हजार शाखा प्रशाखा पुगेका होलान् । यो व्यवसायको सुरुवात ब्राजिलका कोलोनेल हर्लान्ड सान्ड्रिसले ७१ वर्षको उमेरमा सुरु गरेका थिए । जीविकोपार्जनका लागि उनले धेरै व्यवसायमा हात हाले तर असफल हुँदै गए । ७० वर्षको उमेरसम्म पुग्दा उनको सबै सम्पत्ति सकियो । सडकमा आए । तर, सडकमा माग्न बसेनन्, न त वृद्धाश्रमतिर गए । उनले सडकमै कुखुराको मासु फ्राई गरेर बेच्न थाले । यो स्वादले सहरका सबै मान्छे आकर्षित भए ।

चाहे जुनसकै उमेरको होस्, मौका पाउनासाथ पढाइ सुरु गरिहाल्नुपर्छ । चाहे जति सुकै उमेर पुगोस् कुनै व्यवसायको सुरुवात गर्न हच्किनु हुन्न । यो मामिलामा यस पंक्तिकारलाई पनि फिल्डमा काम गर्दाका धेरै अनुभवहरू छन् । अनपढलाई त पाइला पाइलामा समस्या आइपर्छ नै, बीचमा पढाइ छाड्ने सहरी क्षेत्रका महिलाहरू छोराछोरी हुर्केपछि थप समस्यामा पर्ने गरेका छन् । छोराछोरी पढ्न जान्छन्, कसैकसैका त विदेशमा जान्छन्, श्रीमान् जागिरमा जान्छन्, आफू दिनभरि घरमा एक्लै ।

कि त हिन्दी सिरियाल हेर्यो, कि त दुई–चार जना जम्मा भएर नानाभाँती कुरा काटेर बस्यो, कि त मनमा कुरा खेलाएर बसिरह्यो । सहरी क्षेत्रका अधिकांश गृहणीहरूको जिन्दगी यसरी चलिरहेको छ । यो समयलाई पढाइका सदुपयोग गर्ने हो भने धेरै उपलब्धि हुन्छ भन्ने मनसायका साथ सात वर्षअघि पेप्सीकोला टाउन प्लानिङको मनोहर बस्तीमा स्थानीयको पहलमा सुरु भएको सामुदायिक सिकाई केन्द्र यतिवेला नमुना बन्दै गएको छ ।

‘विद्या धनम् सर्वधनम् प्रधानम्’ भनिन्छ । कुनै पनि राम्रो कामको थालनी आफैँबाट गर्नुपर्छ । मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने रु यहि वाक्यलाई आत्मसात् गर्दै साथी सिता निरौलाले मनोहर बस्ती सामुदायिक केन्द्रमा सामुदायिक परिचालिका भएर सहयोग गर्न आग्रह गर्नुभयो । मैले उहाँलाई नाई भन्न सकिन तुरून्तै हुन्छ भने । तर, इच्छा र व्यवहार दुई फरक—फरक कुरा रहेछन् ।

अनौपचारिक शिक्षाका गतिविधिहरू व्यापक बनाई समाजलाई शिक्षित र सिर्जनशील बनाउनमा सामुदायिक सिकाई केन्द्रको माध्यमबाट महत्वपूर्ण भूमिका निभाउन र सहरी समाजलाई एकीकृत गरेर शिक्षा र विकासको पूर्वाधार तयार गर्नु आफँैमा चुनौतिपूर्ण कार्य हो । अशिक्षा र सहरी पछौटेपनबाट समाजलाई मुक्त गर्न यस्ता सिर्जनात्मक प्रयासहरू हुनु जरूरी भएका कारण त्यति सजिलो थिएन । तर आँट्यो भने जस्तोसुकै काम पनि पूरा गर्न सकिने रहेछ ।

उदाहरणका लागि– उमा न्यौपाने, उमेरले ५० वर्ष काटेकी श्रीमान् सरकारी जागिरे, छोराछोरी तर आफू निरक्षर कस्तो विडम्बना । मैले परिचालिकाको नाताले पढ्न विश्वस्त गराए अहिले उहाँ सामान्य लेखपढ गर्न सक्ने हुनु भएको छ । जहिले भेटे पनि ज्ञानरूपी आँखा खोलिदिनु भयो भनेर धन्यवाद दिनुहुन्छ । उहाँजस्तै सयौँ महिलाहरूबाट धन्यवाद पाउँदा मलाई साँच्चै परिचालिका भएर अरूलाई शिक्षाको अँध्यारो घामबाट उज्यालो दिन सकेकोमा खुसीले गद्गद् भएर आखाँबाट हर्षको आँसु झर्दछ । तर, हामीले सात वर्षदेखि गरेको मिहेनतको प्रभाव भन्दा करिश्मा मानन्धरले हासिल गरेको यो उपलब्धि धेरै चोटिलो बनेको छ ।





error: Content is protected !!