बच्चालाई खुवाऔँ घरकै खाना

जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाएमा बच्चामा प्रशस्त पोषण पुग्छ । ६ महिनापछि उनीहरूलाई अन्य नरम ठोस खानेकुरा खुवाउन सकिन्छ ।
बजारमा पाइने पौष्टिक भनिएका प्याकेटका खानेकुराको सट्टा घरमै बनाएको जाउलो, उसिनेको आलु, राम्ररी पकाइएका गेडागुडी, सागपातजस्ता खानेकुरा बढी पोषिला हुन्छन् ।
बच्चा मोटो भएमा स्वस्थ देखिन्छ भन्ने कतिपय आमाबाबुमा भ्रम रहेको पाइन्छ । जसले गर्दा उनीहरूले बच्चालाई चाहिनेभन्दा बढी खान दिने गर्छन् । यसले बच्चाको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । घरमै पकाइएको खानेकुरा बच्चालाई आवश्यक मात्रामा खुवाउनुपर्छ । जसमा हरिया सागपात, गेडागुडी, फाइबरयुक्त खाना पर्छन् । खाना स्वादिलो बनाउन घिउ राखिदिन सकिन्छ ।
पाँच वर्षमुनिका बच्चाले एकैपटकमा धेरै खाना खान सक्दैनन् । उनीहरूलाई समय–समयमा खुवाउनुपर्ने हुन्छ । घरमै बनाएर अन्न, सागपात, फलफूल, दूधजन्य पदार्थ तथा अलि–अलि गरेर माछा, मासु र अन्डा खुवाउन सकिन्छ । सुरु–सुरुमा बच्चाले स्वादिलो नलागेर नखान सक्छन् । तर, खुवाउन भने छाड्नुहुँदैन ।





error: Content is protected !!