आशाले उपलव्ध गरायो ,वषौपछि भुरमा खानेपानी


जाजरकोट , २२ असार ः वषौदेखि खानेपानी अभाव झेल्दै आएका भेरी नगरपालिका –१० नुवागाउँका स्थानीयवासीहरु खुसी भएका छन् ।
पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा जाजरकोट ) कार्यक्रमबाट रु ६ लाख ४९ हजारको वजेटबाट दुई वटा मुहान संरक्षण गरी नुवागाउँ खानेपानी योजना निर्माण तथा मुहान संरक्षण भएपछि स्थानीयवासीहरु खुसी भएका हुँन् । खानेपानीबाट यहाँका ४० घरधुरीहरु प्रत्यक्ष लाभ लिएका छन् । वषौ देखि खानेपानीको अभावमा समस्य भोग्दै आएका स्थानीयवासीहरु पानी घर , आँगनमै पाएपछि निकै खुसी भएका स्थानीय जयराम पुनले बताए ।


पटक , पटक खानेपानीका लागि आग्रह गरिएको भएपनि धेरै वर्ष पछि पानी पाएको उनले बताए । पानी नहुँदा शौचालय , पशुचौपाय र अन्य सिंचाइका क्षेत्रमा समेत काम गर्न समस्य पदै आएको थियो । अहिले पानी उपलव्ध भएसँगै समयको वचन , सरसफाई गर्न सजिलो हुँनुका साथै सुद्ध पानी उपभोग गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष झुपे पुनले बताए । पछाडी परेका र समस्य मुलक ठाउँमा लगानी गरेर जनतामा विकासको अनुभती गराउने जिल्ला आयोजना संयोजक खिलानाथ दाहालले बताए ।
१० प्रतिशत श्रमदान गरेका स्थानीयले पानी घर आँगमै पाउदा सारा दुुख हटेको अर्का स्थानीय कैशिला सार्कीले बताईन् । अधिकांश जनजाती र दलित समुदाय भएको नुवागाउँमा पानी पाएपछि किसानहरु अव कृषि व्यवसाय राम्रो हुँने आशा व्यक्त गरेका छन् ।