एसईईपछि के पढ्ने ? के पढाउने ?

अमिल्दो रहर
पुस्ता बदलिँदा पुस्तौनी खाडल बढ्छ । यो स्वाभाविक विकास हो । ‘जन्मदै तीन पात’ भनेको पनि त्यही हो । त्यो खाडललाई आधुनिक प्रविधिले बढायो । परम्परागत पेसा बदल्ने अभिभावकले बढायो । अभिभावकले स्वाभाविक विकास त पचायो । पेसा बदलिँदा बनेको खाडल भने पचाउन सकेन । “हामीले जस्तो आदरभाव जानेनन् हाम्रा सन्ततिले” भनेको त्यही हो । प्रविधिले ल्याएको खाडलले त कोकोहोलो नै मच्चायो । “भनेकै मान्दैनन्, सम्पर्कमै बस्तैनन्, कि टीभीमा, कि मोबाइल, कि कम्प्युटरमा रमाउँछन” भनेको त्यसैले हो । यसको अर्थ हो विद्यार्थी र अभिभावकका रहर फरक छन् । त्यो फरक बुझ्ने, बुझाउने तागत हामीसँग छैन । गुगल म्याप हेरेर स्वदेश र विदेशका स्थान चिन्ने अहिलेका पुस्ता हुन् । अनुभवीका ज्ञान सुन्ने पहिलेका पुस्ता हुन् । यसले बुझाउँछ कि नयाँ पुस्ताले प्रविधिलाई पत्यायो । हामीले अनुभवीलाई पत्यायौँ । अनुभवलाई पत्यायौँ । आफ्नै अपेक्षालाई पत्यायौँ । यही कारणले गर्दा विद्यार्थी र अभिभावकबीच अमिल्दो रहर छ । शिक्षकले त्यसलाई पाट्न सकेको छैन । अर्थात् ऊ पनि अमिल्दो रहरकै एउटा पात्र हो । ‘योजक’ बन्न नसकेको पात्र । त्यसैले कक्षा १० पछि के पढ्ने र के पढाउने भन्ने कुरा भन्ने कोही छैनौँ । त्यसैले बजार निर्णायक बन्दै छ । प्रविधि निर्णायक बन्दैछ । साथीहरू निर्णायक बन्दैछन् । पत्याउने विद्यार्थीहरू फस्दैछन् । परीक्षण गर्नेहरू चाहिँ ठीक ठाउँमा पुग्दैछन् ।

बाध्यताको निर्णय
हाम्रो संस्कार संरक्षणवादी छ । यो संस्कारले पढुन्जेल पाल्छ । बिहेसम्मको जिम्मेवारी लिन्छ । विपन्न तथा रहरेहरू अपवाद हुन् । यसको अर्थ हो हाम्रो संस्कारले हामीलाई सम्झौतामा बाँच्न सिकायो । विदेशी दाता र साहुसँगको सम्झौता जस्तो । लगानी गर्ने अभिभावक । लगानी स्वीकार्ने विद्यार्थी । यो दाताभावले गर्दा अभिभावक आक्रामक छ । हामीले भनेको पढ्नैपर्छ भन्ने मूढाग्रह राख्छ । मनोवैज्ञानिक क्षतिपूर्तिका रूपमा । लगानीकर्ताको मानसिकताका रूपमा । अभिभावकत्व ग्रहण गर्दाको बढत्वको रूपमा । विद्यार्थी पनि त्यस्तै छन् । पुस्तौनी खाडल बोकेकाहरू । आफू र अभिभावकबीच खाडल छ भन्ने जान्नेहरू । खाडल पाट्न नजान्नेहरू । नसिकाइएकाहरू । अभिभावकको पनि त्यही हालत हो । सन्ततिका खाडलले कुरा भन्न जान्ने । खाडल पाट्ने तरिका नखोज्ने । यसले गर्दा दुवैथरि बाध्यतामा बाँचे । अभिभावकले भनेअनुसार पढ्नुपर्ने बाध्यता । छोराछोरीले भनेको मान्नुपर्ने बाध्यता । विदेशिन खोजे रकम दिनुपर्ने बाध्यता । स्वदेशमै बस्न खोजे अभिभावकले भनेकै विषय पढ्नुपर्ने बाध्यता । भनेकै स्कुलमा पढ्नुपर्ने काध्यता ।भमग

शिक्षकप्रति विश्वास
‘गुरु ब्रह्मा गुरु विष्णु’ पढेको त्यही हो । पढाएको त्यही हो । यसले शिक्षकलाई गुरु बनायो । पुर्खाले तिनलाई गुरु मान्दैनथे । भूलवश स्वीकारेको गुरुलाई विद्यार्थीले पत्यायो । अमेरिकी तथा क्यानेडियनले कोलम्बसको भूललाई बोकेजस्तो । त्यहाँका आदिवासीलाई कोलम्बसले इन्डियन भनिदिए । हर कुरामा प्रमाण खोज्ने गोराले पनि कोलम्बसको भूल बोके । त्यसैले अझै त्यहाँका गोराहरूले आदिवासीलाई ‘इन्डियन’ नै भन्ने गरेका छन् । त्यस्तै भूलमा गुरु मानेका शिक्षकलाई कक्षा १० मा पसेर चोखिएकाहरूले पत्याए । ती शिक्षकले भनिदिए, “ए ग्रेड आए यो पढ्नू, डी आए यो पढ्नू” । विद्यार्थीलाई यो चिन्तन ढुङ्गाको अक्षर बन्छ । बनाइन्छ । यही क्रममा विद्यार्थीले शिक्षकलाई विश्वास गर्न जान्यो । त्यही विश्वासले गर्दा ब्रिज क्लास चलेका छन् । ट्युसन केन्द्र बढेका छन् । ११÷१२ कक्षा पढाउने शिक्षालयहरू चलेका छन् । विद्यार्थी त्यस्तै स्कुलमा पढ्छन् ।

विद्यार्थीले गर्ने के ?
अक्षराङ्कनले विषय तोक्ने दिन गए । घोकेर अङ्क बढाउने प्रणालीले गर्दा । चोरेर तथा चोराएर विद्यार्थीले यो अङ्क ल्याए भन्ने संस्कारले गर्दा । वस्तुगत उत्तर लिने प्रश्नपत्र बनाउने लहडले गर्दा । यसको अर्थ हो अबका विद्यार्थीलाई रुचिका विषय पढ्न दिनुपर्छ । भएका विषयले मात्रै पुग्दैन । क्रेडिट कोर्स दिन सकिँदैन भने अडिट कोर्स दिए हुन्छ । त्यो पनि नभए सामूहिक कोर्स वा व्यक्तिगत कोर्स बनाउन लगाए हुन्छ । उनैले कोर्स बनाउँछन् । उनैले पढ्छन् । स्कुलले जाँच लिए हुन्छ । ग्रेडिङ गरिदिए हुन्छ । २०७४ को उच्चस्तरीय शिक्षा आयोगले यो कुरा लेखेको छ । पश्चिमी दुनियाँमा पनि यो प्रचलन छ । दोस्रो उपाय हो, टोफलजस्तै जाँच लिने । आपूmले आफ्नो क्षमता जाँच्ने टोफलजस्तो जाँच । अरूबाट जाँचिने टोफलजस्तो जाँच । यसकै अङ्कको आधारमा भर्ना पाउने प्रबन्ध । यसो गर्ने हो भने विद्यालयले निश्चित आधार पाउँछ । यो आधार हुने हो भने पश्चिमी ढङ्गको गुणवत्ताको तरिका कार्यान्वयन हुन्छ । विद्यार्थीले अक्षराङ्कको कुरामा भन्दा क्षमताङ्कमा विश्वास गर्न सिक्छन् । नेपालमै टोफलको जस्तो विश्वस्त प्रणालीको सुरुआत हुन्छ । यो तरिका पनि २०७४ को शिक्षा आयोगले सुझाएको थियो तर २०७५ को उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भने यी दुवै विधिलाई स्वीकारेन । क्रान्तिकारी रूपान्तरण नहुने देखेर होला । राष्ट्रिय परीक्षा बोर्डले यसलाई बोकेन । प्रणाली बने त सिफारिसमा काम हुन्न होला भनेर । हिसानले पनि बुझेन । अहिलेको खेती बिग्रन्छ कि भनेर तर स्वचालित समाधान त्यही थियो ।
‘घाँटी हेरी हाड निल्ने’ रैथाने चिन्तन हो । यो चिन्तनले भन्छ– खल्ती हेर । बाबुको खल्ती । आमाको खल्ती । मन्कारीको खल्ती । यी खल्तीमा दवावी बल छ । त्यहाँ विद्यार्थीले सम्झौता गर्नुपर्छ । खल्ती दातासँगको सम्झौता । यसको अर्थ हो– खल्ती दाता र आफ्नो रुचिबीचको सम्झौता । खल्तीदाताले चाहेको विषय पढेर प्रमाणपत्र लिने । एकसाथ आफ्नो रहरको विषय पढेर जीवन चलाउने ।
तेस्रो उपाय हो– जे पाइन्छ त्यही पढ्ने । त्यो पढाइले प्रमाणपत्र सुनिश्चित गर्छ तर जीवन केमा बन्छ र बनाउन सकिन्छ भन्ने कुरा र प्रमाणपत्रको नातै नखोज्ने । यसले चाणक्यको सन्देश सम्झाउँछ । हामीसँग पेट छ । यो पढाइले के गरेर पेट पाल्ने रु कुन सीप थपेर पेट पाल्ने रु कुन योग्यता थपेर पेट पाल्ने रु कुन सक्षमता थपेर पेट पाल्ने रु यी प्रश्नहरूको उत्तर खोज्दा पेट भर्ने अक्किल आउँछ । हामीसँग मन छ । त्यो मनलाई आफ्नो पढाइमा के थपघट गरेर शान्त बनाउने रु हामीसँग ऊर्जा ९आत्मा० छ । आफ्नो पढाइमा के जोडजाड गरेर ब्रह्म ऊर्जासँग व्यक्तिगत ऊर्जालाई आबद्ध गरी सधैँ पुलकित हुने रु हामी समाजमा बस्छौँ । त्यही समाजले हामीलाई सुख दुःखमा साथ दिएको छ । हाम्रो पढाइमा के थपथाप गरेर समाजको ऋण तिर्ने रु यो बुद्धि हाम्रा युवामा भर्ने हो भने समाधान त्यहीँ निस्कन्छ । के पढ्ने र कहाँ पढ्ने भन्ने सङ्कथन नै हराउँछ ।
चौथो उपाय हो– वेभसाइटमा सबै कुराको जानकारी राख्ने । ‘सेलुलर डाटा’ खोलेर भए पनि जोसुकैले जहाँकहीँ हेर्न पाउने प्रबन्ध गर्ने । यो कामले हाम्रा विद्यार्थीलाई ११ कक्षामा सहज प्रवेशको ढोका खोल्छ । विषय छान्नमा । घाँटी हेरेर स्कुल छान्नमा । रहरको विषय पढ्नमा । अभिभावकलाई फकाउनमा । आफ्ना तथा अभिभावकका रहर मिलाउने आधार फेला पार्नमा ।
पाँचौँ उपाय हो– शिक्षकहरूमार्फत विद्यार्थी तथा अभिभावकलाई विषय छनोटका आधारबारे सुसूचित गर्नु । यो कार्यले राष्ट्रिय मानक खोज्छ । त्यही मानकको आधारमा विद्यार्थीले विषय रोज्छ । अभिभावकले आफ्नो रोजाइसँग आर्थिक हैसियत मिलाउन पाउँछ । यसो गर्दा विद्यार्थीले बहुविकल्प पाउँछ । यो नभए त्यो । त्यो नभए यो । निजी व्यवस्थापन तथा लगानीका विद्यालयको एकलौटीपना हराउँछ । विद्यार्थी ठगिने अवस्थाको अन्त्य हुन्छ ।

प्रश्न के हो त ?
चिन्तन प्रश्न होइन । संरचना पनि प्रश्न होइन । कार्यान्वयन प्रश्न हो । विस्तार प्रश्न हो । जनशक्ति पनि प्रश्न होइन । त्यसको उपयोग गर्ने कुरा प्रश्न हो । कसले उपयोग गर्ने भन्ने प्रश्न हो । अभ्यस्ततामै उत्तर खोज्ने अहिलेको सोच प्रश्न हो । सहज क्षेत्रमा मात्रै समाधान खोज्ने बानी प्रश्न हो । अर्थात् अभिभावकधधधले भनेको ठीकै छ भन्ने बानी । शिक्षकले भनेको एकदम ठीक हो भन्ने बानी । विद्यार्थी आफैँले भनेको कुरा हुनैपर्छ भन्ने बानी । साथीले भनेको मान्नेपर्छ भन्ने बानी । यस्ता बानीले हामीलाई समस्यामा फसाएका छन् । फसाउँदै छन् । यी प्रश्नमा घोत्लिने हो भने उत्तर हामीसँगै छ । उत्तर हो संवाद । खोजी । वैकल्पिक संरचना । दबाब । संवाद गर्नाले विद्यार्थीले अभिभावकसँग रकम पाउँछ । सहयोग पाउँछ । शिक्षकसँगको जानकारी पाउँछ । पूर्व विद्यार्थीसँगको अनुभव पाउँछ । खोजीले नवीन शैक्षिक तथा आर्थिक प्रबन्ध पाउँछ । वैकल्पिक संरचनाले कम ग्रेडवालाले पनि जहाँ अनि जसरी बसे पनि पढ्ने तथा गरिखाने बाटो पाउँछ । दबाबले नयाँ नयाँ विकल्प पाउँछ । प्रश्न हो– एउटै कुरामा भिड्ने कि बहु उपायको एकसाथ उपयोग गर्ने रु निर्णय हाम्रै हातमा छ ।