सामाजिक सञ्जाल धेरै चलाएमा

कुल जनसंख्याको करिब ४० प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्छन् । हरेक मानिसले औसतमा दिनको दुई घन्टा सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट, ट्विट र अपलोड गरेर समय बिताइरहेका हुन्छन् । सामाजिक सञ्जालले दुनियाँसँग सम्पर्कमा रहन, सामाजिक सहायता प्राप्त गर्न, नयाँ कुराको ज्ञान लिन तथा संगठित हुन उपयोगी भूमिका खेलेको छ ।

तर, सामाजिक सञ्जालले सधैँ र सबैलाई राम्रो गर्दैन । लामो समय सोसल मिडियामा बिताउने, नराम्रो विषयवस्तुसँग जोडिने, अरूलाई हानि हुने कुरा पोस्ट गर्ने तथा आपराधिक क्रियाकलाप गर्नेजस्ता यसका खराबी छन् । अब जानौँ सामाजिक सञ्जाल बढी चलाउँदाका असरबारे

सामाजिक सञ्जालको लतका कारण विभिन्न स्वास्थ्यसमस्या देखिन्छन् । जसबाट किशोर–किशोरी बढी प्रभावित हुन्छन् । राति अबेरसम्म सामाजिक सञ्जालमा झुन्डिने गरेमा अनिद्रा र टाउको दुख्नेजस्ता समस्ता देखापर्छन् ।

यस्ता मानसिक असर

लामो समयसम्म सोसल मिडियामा बसेर नकारात्मक कुरासँग जोडिने मानिसको मष्तिस्कमा असर पु(याइरहेको हुन्छ ।
सामाजिक सञ्जाल धेरै चलाउनेको दिमाग थकित हुन्छ । जसका कारण कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न गाह्रो हुने गर्छ ।
सामाजिक सञ्जालको लतका कारण विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । जसबाट किशोर–किशोरी बढी प्रभावित हुन्छन् । राति अबेरसम्म सामाजिक सञ्जालमा झुन्डिने गरेमा अनिद्रा र टाउको दुख्नेजस्ता समस्या देखापर्छन् ।
एक ठाउँमा ध्यान केन्द्रित नहुने हुँदा पढाइ बिग्रने तथा काम गर्न मन नलाग्ने हुन्छ । जसले गर्दा अन्य विभिन्न समस्या झेल्नुपर्ने हुन्छ ।
ग्याजेटमा लामो समय बिताउँदा सामाजिक सम्बन्धसमेत बिग्रँदै जान्छ । यस्तो तलले कालान्तरमा एक्लो महसुस गर्ने, चिन्ता लिने र डिप्रेसन हुने आदि समस्या सिर्जना हुन्छन् ।





error: Content is protected !!